Technology Khabar १४ श्रावण २०८०, आईतवार
काठमाडौं ।
सन् २०२१ मा ट्याब पी१२ प्रो फाइभजी लन्च गरेको लगभग दुई वर्षपछि लेनोभोले अब नन्–प्रो संस्करण ल्याएको छ।
लेनोभो ट्याब पी१२ मा १८४०x२९४४ पिक्सेल रिजोल्युसन र ६० हर्ज रिफ्रेस रेट भएको १२.७ इन्चको एलटीपीएस एलसीडी फिचर गरिएको छ। साथै यसमा जेबीएलद्वारा ट्युन गरिएको क्वाड स्पिकर्स, १३ मेगापिक्सेलको अल्ट्रावाइड फ्रन्ट फेसिङ क्यामरा र अटोफोकससहितको ८ मेगापिक्सेलको रियर शूटर समावेश गरिएको छ।
लेनोभो ट्याब पी१२ मा मिडियाटेकको डाइमेन्सिटी ७०५० चिपसेटको साथै ४/८ जीबी र्याम र १२८/२५६ जीबी स्टोरेज रहेको छ। ट्याब पी१२ मा माइक्रोएसडी कार्ड एक्सपान्सन (विस्तार) का साथै ३० वाट फास्ट चार्जिङ्गलाई समर्थन गर्ने १०,२०० एएमएच ब्याट्री पनि रहेको जीएसएमएरिनामा उल्लेख छ।
लेनोभोको ट्याब पी१२ एन्ड्रोइड १३ मा आधारित हुनेछ। साथै त्यसमा लेनोभोले दुई ओएस अपग्रेड र चार वर्षको सेक्युरिटी प्याचेसको वाचा गरेको छ। त्यसैगरी रिटेल बक्समा लेनोभोको ट्याब पेन प्लस स्टाइलस पनि समावेश गरिएको छ।
लेनोभो ट्याब पी१२ स्टर्म ग्रे र ओट रङ्गहरूमा आउने र रिटेल (खुद्रा) बिक्री मूल्य भने ४०० युरो/३५० पाउण्ड स्टर्लिङ रहेको उल्लेख छ। साथै किबोर्ड केस भएको संस्करणको मूल्य ५०० युरो रहेको छ।
नयाँ ट्याब पी१२ को अतिरिक्त लेनोभोले यस महिनाको सुरुमा भारतमा डेब्यू भएको आफ्नो ट्याब १०एम फाइभजीको मूल्य विवरणहरूको बारेमा पनि जानकारी उपलब्ध गराएको छ।
प्रकाशित: १४ श्रावण २०८०, आईतवार