Technology Khabar २९ असार २०८०, शुक्रबार
काठमाडौं ।
चिनियाँ ह्याकरहरूले सरकारी एजेन्सीहरू सहित करिब २५ संस्थाहरूको इमेल अकाउन्टहरूमा पहुँच प्राप्त गरेको माइक्रोसफ्टले जनाएको छ।
सफ्टवेयर जयान्टले कुन कुन सरकारी निकायहरूको इमेल ह्याक भएको भन्ने विवरण प्रदान गरेको छैन।
यद्यपि, अमेरिकी वाणिज्य विभागले बीबीसीलाई माइक्रोसफ्टले आक्रमणको बारेमा सूचित गरेको पुष्टि गरेको छ।
रिपोर्टहरू अनुसार वाणिज्य सचिव जीना राइमन्डो ह्याकिङबाट प्रभावित व्यक्तिहरू मध्ये थिए।
‘माइक्रोसफ्टले विभागलाई माइक्रोसफ्टको अफिस ३६५ सिस्टमका साथ छेडछाड भएको विषयमा सूचित गरेको छ र विभागले प्रक्रिया दिन तुरुन्तै कारबाही अघि बढाएको छ,’ अमेरिकी वाणिज्य विभागका प्रवक्ताले बीबीसीलाई भने।
‘हामी हाम्रा सिस्टमहरूको अनुगमन गरिरहेका छौं र कुनै पनि थप गतिविधि पत्ता लागेमा तुरुन्तै प्रतिक्रिया दिनेछौं,’ प्रवक्ताले थपे।
अमेरिकी मिडियाले स्टेट डिपार्टमेन्टलाई पनि ह्याकरहरूले निशाना बनाएको बताएको छ।
लन्डनमा रहेको चिनियाँ दूतावासले रोयटर्सलाई उक्त आरोप ‘विकृत सूचना’ भएको र अमेरिकी सरकारलाई ‘विश्वको सबैभन्दा ठूलो ह्याकिङ साम्राज्य र विश्वव्यापी साइबर चोर’ भनेको छ।
माइक्रोसफ्टका अनुसार चीन स्थित ह्याकिङ समूह जसलाई स्टोर्म-०५५८ को रुपमा चित्रण गरिन्छले सिस्टमका लागि आवश्यक डिजिटल प्रमाणिकरण टोकन बनाएर इमले अकाउन्टसम्म पहुँच बनाएको थियो। टोकनहरू सामान्यतया व्यक्तिको पहिचान प्रमाणित गर्न प्रयोग गरिन्छ।
‘स्टोर्म–०५५८ले मुख्यतया पश्चिमी युरोपका सरकारी एजेन्सीहरूलाई लक्षित गर्दछ र जासुसी, डाटा चोरी, र प्रमाणिक पहुँचमा केन्द्रित गर्दछ,’ फर्मले भन्यो।
कम्पनीले आफ्नो अनुसन्धानमा भेटेको उल्लघंनहरू मेको मध्यमा सुरु भएको र यसले अहिले ‘आक्रमणलाई कम गरेको छ र प्रभावित ग्राहकहरूलाई सम्पर्क गरेको छ।’
‘हामीले यस आक्रमणसँग सम्बन्धित सम्झौताको ज्ञात संकेतकहरूको लागि पर्याप्त स्वचालित पहिचान थप गरेका छौं र हामीले थप पहुँचको कुनै प्रमाण फेला पारेका छैनौं,’ कम्पनीले थपेको छ।
मे मा, माइक्रोसफ्ट र पश्चिमी जासूस एजेन्सीहरूले चिनियाँ ह्याकरहरूले गुआममा अमेरिकी सैन्य अड्डाहरूमा महत्वपूर्ण पूर्वाधारमा आक्रमण गर्न ‘गुप्त’ मालवेयर प्रयोग गरेको बताएका छन्।
विज्ञहरूले यो अमेरिका विरुद्धको सबैभन्दा ठूलो साइबर जासूसी अभियान भएको बताएका छन्।
प्रकाशित: २९ असार २०८०, शुक्रबार