Technology Khabar २२ असार २०८०, शुक्रबार
काठमाडौं ।
असुसले भीजी ३४ भीक्यूएल ३ ए गेमिङ मनिटर रिलीजको साथ आफ्नो टीयूएफ गेमिङ लाइनअपमा अपग्रेड प्रस्तुत गरेको छ।
मनिटरले १५०० आर कर्भ्ड र ३४४०×१४४० को रिजोल्युसनको साथ ३४ इन्च भीए प्यानल बुस्ट गरेको छ जसले इमर्सिभ गेमिङ अनुभव प्रदान गर्नेछ।
वान एमएसको द्रुत प्रतिक्रिया समय (जीटीजी) र १८० हर्जको एक प्रभावशाली रिफ्रेस रेटसहित, असुस भीजी ३४ भीक्यूएल ३ ए मनिटरले गेमिङ सेशनहरूमा सहज र तरल गति सुनिश्चित गर्नेछ। ४०० सीडी/ एमको अधिकतम ब्राइटनेस र ४०००ः १ को कन्ट्रास्ट अनुपातको साथ, मनिटरले समग्र गेमिङ अनुभव वृद्धि गर्दै जीवन्त दृश्यहरू प्रदान गर्ने बताइएको छ।
असुस भीजी ३४ भीक्यूएल ३ एले जर्मनीको टीयूभी रेइनलेण्डबाट भेसा डिस्प्ले एचडीआर ४०० र टीयूभी लो ब्लू लाइट प्रमाणपत्रहरू प्राप्त गरेकोछ, जसले उच्च गुणस्तरका दृश्यहरू सुनिश्चित गर्दै विस्तारित गेमिङ सत्रहरूमा आँखाको तनाव कम गर्नेछ।
मोनिटरमा १ डीपी १.४, २ ओटा एचडीएमआइ २.० , र ३ यूएसवी ३.२ पोर्ट जेन २ टाइप- ए पोर्टहरू रहेका छन्, जसले प्रयोगकर्ताहरूलाई गेमिङ उपकरणहरू जडान गर्न विभिन्न विकल्पहरू प्रदान गर्ने जानकारी छ। यसमा ३.५ एमएम हेडफोन ज्याक र दुई ओटा इन बिल्ट २ वाट स्टेरियो स्पिकरहरू पनि समावेश रहेका जसले इमर्सिभ अडियोको लागि अनुमति दिने बताइएको छ।
भीजी ३४ भीक्यूएल ३ ए को एक प्रमुख विशेषता इर्गोनोमिक्स रहेको पनि बताइएको छ। मनिटर एक अड्जस्टेवल स्ट्यान्डको साथ आउने उल्लेख छ।यसले ५ डिग्री देखि २० डिग्री झुकाव, -२५ डिग्री देखि २५ डिग्री स्विभल, र ० देखि १३० एमएम उचाइ समायोजनलाई समर्थन गर्नेछ।
प्रकाशित: २२ असार २०८०, शुक्रबार