Technology Khabar ८ असार २०८०, शुक्रबार
काठमाडौं ।
लेनोभोले चीनमा टुवेल्भ–इन–वान (१२–इन–१) मल्टीफङ्गक्सनालिटी फिचर भएको आफ्नो नयाँ डकिङ्ग स्टेशन अनावरण गरेको छ। लेनोभो टाइप–सी १२–इन–१ डकिङ्ग स्टेशनमा यूएसबी ३.२, यूएसबी २.०, एचडीएमआई, एसडी कार्ड स्लट, डिस्प्लेपोर्ट र पीडी इन्टरफेसहरूसहित १२ ओटा कनेक्टिभिटी इन्टरफेसहरू समावेश गरिएको उल्लेख छ।
साथै यस डकिङ्ग स्टेशनमा ३.५ एमएम हेडफोन ज्याक र गिगाबिट इथरनेट पोर्ट पनि रहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
नयाँ लेनोभो डकिङ्ग स्टेसनको डिजाइन एल्युमिनियम अलोएको रहेको र स्पेस ग्रे कलर स्किममा प्रस्तुत गरिएको उल्लेख छ। त्यसैगरी यसको आयाम १४०X५६X१६.८ एमएम रहनुका साथै केबल १५ सेन्टिमीटर लम्बाई रहेको बताइएको छ।
आफ्नो दुई ओटा एचडीएमआई र एउटा डीपी इन्टरफेस प्रयोग गरेर यस नयाँ लेनोभो डकिङ्ग स्टेशन तीन फरक डिस्प्लेमा जडान गर्न सकिने बताइएको छ। साथै यसले एक्सपान्सन/मिरर मोडलाई पनि समर्थन गर्नेछ भने यसको ट्रान्सफर रेट १० जीबीपीएस पुग्न सक्नेछ। यसले गर्दा ठूला फाइलहरूको ट्रान्सफर सुपर–फास्ट र सिमलेस हुने उल्लेख छ। डकिङ्ग स्टेशनले नोटबुक र अन्य कम्प्याटिबल डिभाईसहरूको फास्ट चार्जिङ्ग लागि १०० वाट पीडी आउटपुट प्रदान गर्नेछ।
लेनोभो लाइकुझी लाइफ टाइप–सी टुवेल्भ–इन–वान (१२–इन–१) डकिङ्ग स्टेशन क्राउडफन्डिङ स्किम मार्फत रिलिज गरिएको बताइएको छ। यस ग्याजेटको क्राउडफन्डिङ मूल्य २६९ युआन (३७ डलर) रहेको उल्लेख छ। तर यस समयमा थप विवरणहरूको अभाव रहेको हुनाले डिभाइसको मूल मूल्य र विश्वव्यापी उपलब्धताको बारेमा थाहा नभएको बताइएको छ।
प्रकाशित: ८ असार २०८०, शुक्रबार