दमक नगरपालिकालाई स्टार्टअप र प्रविधि मैत्री शहर बनाईने

Technology Khabar २ असार २०८०, शनिबार

दमक नगरपालिकालाई स्टार्टअप र प्रविधि मैत्री शहर बनाईने

काठमाडौं ।

श्रीयोग डटकम र दमक नगरपालिकाद्वारा संयुक्तरुपमा “डिजिटल लिटरेसी फर डिजिटल इम्प्लोएमेन्ट” कार्यक्रम यहि असार १ गते दमक नगरपालिकाको सभाहलमा आयोजना गरेका छन्।

डिजिटल प्रविधिको उपयोग गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने उद्देश्यले संचालित श्रीयोग डटकम (Sriyog.Com) र नगरपालिकाको सहकार्यमा नगर क्षेत्रभित्र रहेका, सीप भएका बेरोजगार युवाहरुको डिजिटल प्रोफाइलिंग गरिरहेको छ।

दमक नगरपालिकालाई स्टार्ट-अप र प्रविधिमैत्री शहर बनाउने उद्धेश्य अनुरूप पहिलो चरणमा एकदिने “डिजिटल लिटरेसी फर डिजिटल इम्प्लोएमेन्ट” कार्यक्रम सञ्चालन गरिएको श्रीयोग डटकमका सञ्चालक प्रकाश उप्रेतीले जानकारी दिए।

“प्रविधिमैत्री रोजगारी र उद्यमशीलताका लागि डिजिटल साक्षरता” कक्षा सञ्चालन गर्दै कम्पनीका बिजनेस कन्सल्टेन्ट नवीन भट्टराईले प्रविधिको प्रयोग गर्दै रोजगार, स्वरोजगार वा उद्यमी बन्नका लागि विभिन्न प्रक्रियाहरुको बारेमा छोटकरीमा जानकारी दिए।

दमक नगरपालिका सूचना प्रविधि प्रमुख समीप चुडालसहित कार्यक्रममा १०० बढी सहभागीहरू उपस्थित रहेको आयोजकले जानकारी दिएको छ।

Sajilo Visa

प्रकाशित: २ असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया