वानप्लस नोर्ड ३ स्मार्टफोन आगामी महिना उपलब्ध हुने

Technology Khabar ३१ जेष्ठ २०८०, बुधबार

वानप्लस नोर्ड ३ स्मार्टफोन आगामी महिना उपलब्ध हुने

काठमाडौं ।

आउँदो महिना वानप्लस नोर्ड २ को दुई वर्ष पुरा हुँदै गर्दा यसको उत्तराधिकारीको रुपमा नोर्ड ३ को डेब्यू छिट्टै हुन सक्नेछ।

आगामी नोर्ड ३ का केहि आधिकारिक देखिने प्रेस रेन्डरहरू लीक गरिएको बताइएको छ। नोर्ड २ ट्रेडमार्क वान प्लस निलो/हरियो/टील ह्यु, साथै थप क्लासिक देखिने गाढा खैरो/कालो  जस्तै नोर्ड ३ अब  दुई रङहरूमा प्रस्तुत गरिएको छ।

साथै, चर्चाका अनुसार नोर्ड ३ केवल वान प्लस एस २ भी को पुन ब्रान्ड गरिएको नयाँ संस्करण हुन सक्ने पनि चर्चा चलेको बताइएको छ।जुन फोन मार्चमा चीनमा आधिकारिक भएको थियो। यदि यो प्यान आउट भएमा नोर्ड ३ सँग ६.७४ इन्च १२० हर्ज १२४०*२७७२ टचस्क्रिन शीर्षमा असाही ग्लास, ट्रिपल रियर क्यामरा सेटअप (६४ एमपी मुख्य, ८ एमपी अल्ट्रावाइड २ एमपी म्याक्रो ), १६ एमपी सेल्फी क्यामरा र ८० वाट वायर्ड चार्जिङ सपोर्टको साथ ५,००० एमएएच ब्याट्रीका साथ आउने अपेक्षा गर्न सकिने बताइएको छ।

त्यस्तै नोर्ड ३ यदी साँच्चै  एस २ भीको संस्करण भएमा वान प्लस नोर्ड ३ मिडियाटेकको डायमेन्सीटी ९,००० एसओसी द्वारा संचालित हुने तथा १६ जिवी सम्मको र्याम र ५१२ जिवी सम्म यूएफएस ३.१ भण्डारणसँग जोडिएको हुनेछ। र यसले शीर्षमा एन्ड्रोइड १३ मा आधारित अक्सिजन ओएस १३ चलाउनेछ।

वानप्लस नोर्ड ३ पेरेन्ट कम्पनी ओप्पो र नोकिया बीच चलिरहेको पेटेन्ट विवादको कारणले जर्मनीमा उपलब्ध नहुने तर लीकअनुसार आगामी दिनहरूमा अन्य युरोपेली देशहरूमा बाहिरिने बताइएको छ।

Sajilo Visa

प्रकाशित: ३१ जेष्ठ २०८०, बुधबार