अनर ९० को ग्लोबल लन्च जुलाई ६ मा हुँदै

Technology Khabar २९ जेष्ठ २०८०, सोमबार

अनर ९० को ग्लोबल लन्च जुलाई ६ मा हुँदै

काठमाडौं ।

अनर ९० स्मार्टफोनको ग्लोबल लन्च जुलाई ६ मा हुने भएको छ। अनरले फ्रान्समा लन्च कार्यक्रम आयोजना गर्ने र मूल्य निर्धारण तथा उपलब्धता सम्बन्धी सबै जानकारीहरु दिईने बताइएको छ।

अनर ९० स्न्यापड्रागन ७ जेन १ चिप, १२० हर्ज रिफ्रेस रेट भएको ६.७ इन्च ओएलइडी स्क्रिन  तथा ५० एमपी फ्रन्ट फेसिङ क्यामराले सुसज्जित रहेको छ।

यस डिभाइसले १२ एमपी अल्ट्रावाइड मोड्युल र २ एमपी गहिराई सेन्सरको साथमा १/१.४ ” सेन्सर (एफ/१.९ एपर्चर तथा ०.५६ माइक्रोमोल पिक्सेल) सहितको २०० एमपी मुख्य क्यामरा समेट्ने बताइएको छ।

अनर ९० मा ५,००० एमएएच ब्याट्री र ६६ वाट फास्ट चार्जिङ रहेको छ।

तर यसका अन्य फिचर र मूल्यको बारेमा भने लन्च इभेन्टबाटै सार्वजनिक गरिने बताईएको छ।

Global Bank
easy care

प्रकाशित: २९ जेष्ठ २०८०, सोमबार