तपाईंको बच्चाले फोनमा हेर्दैछ नचाहिने चीजहरू? यी ५ तरिकाले गर्नुस् नियन्त्रण

Technology Khabar २८ जेष्ठ २०८०, आईतवार

तपाईंको बच्चाले फोनमा हेर्दैछ नचाहिने चीजहरू? यी ५ तरिकाले गर्नुस् नियन्त्रण
सांकेतिक तस्बिर

काठमाडौं ।

आजकल, धेरैजसो बच्चाहरुलाई फोनको लत एक सामान्य समस्या भएको छ। बालबालिकाका अभिभावकले आफ्ना सन्तानलाई यसबाट टाढा राख्न धेरै ध्यान दिन्छन् तर आजको जीवनमा यो निकै कठिन छ।

यदि यो तपाईको लागि पनि बालबालिकाले स्मार्टफोनबाट के गरिरहेका छन वा हेरिरहेका छन भन्ने चिन्ता छ भने, हामी तपाईका लागि केहि टिप्स दिदैछौं जसबाट तपाई आफ्नो बच्चाको डिभाइसमा नियन्त्रण गर्न सक्नुहुन्छ।

गुगल प्ले फ्यामिली लाइब्रेरी (Google Play Family Library): यो एउटा रमाईलो सुविधा हो जुन हरेक अभिभावकले प्रयोग गर्नुपर्छ। यसबाट, तपाईं आफ्ना बच्चाहरूले हेरिरहेका वा डाउनलोड गरिरहेका सामग्रीहरूमा नजर राख्न सक्षम हुनुहुनेछ।

कन्टेन्ट फिल्टरिङ: गुगलले अभिभावकलाई प्ले स्टोरमा उपलब्ध सामग्रीको मात्रामा फिल्टरहरू सेटअप गर्न अनुमति दिन्छ। यसमा अभिभावकहरूले आफ्नो बच्चाको उमेरमा आधारित फिल्टरहरू अनुकूलन गर्न सक्षम हुनेछन्। यसबाट बालबालिकाले आफ्नो उमेर अनुसारको मात्र सामग्री देख्नेछन्।

एप स्वीकृति: गुगल प्लेमा एउटा एप अनुमोदन सुविधा छ जुन आमाबाबुको लागि काममा आउन सक्ने अर्को सुविधा हो। यसमार्फत बालबालिकाले इन्स्टल गर्न लागेका जुनसुकै एपको समीक्षा, स्वीकार र अस्वीकारको सूचना अभिभावकमा जान्छ। यसबाट, अभिभावकहरूले बच्चाले स्मार्टफोन भित्र पहुँच गरिरहेको एपहरूलाई नियन्त्रण गर्न सक्छन्।

खरिद स्वीकृति: यसमा बालबालिकाले स्मार्टफोनमार्फत केहि खरिद गर्न लागेका छन् भने त्यसलाई रोक्न सकिन्छ। बच्चाको खातामा गरिएको कुनैपनि खरिद अभिभावकद्वारा अस्वीकार गर्न सकिन्छ।

पासवर्ड सुरक्षा: तपाईको गुगल प्ले खातामा पासवर्ड वा पिन सेट गर्नु धेरै महत्त्वपूर्ण छ। यसबाट, बच्चाहरूले अभिभावकीय नियन्त्रण सेटिङ अर्थात प्यारेन्टल कंट्रोल सेटिंगमा छेडछाड गर्न सक्नेछैनन्।

easy care

प्रकाशित: २८ जेष्ठ २०८०, आईतवार

ताजा समाचार