मोटो जी ५३ सिरिजको स्मार्टफोन जापानमा लन्च

Technology Khabar २८ जेष्ठ २०८०, आईतवार

मोटो जी ५३ सिरिजको स्मार्टफोन जापानमा लन्च

काठमाडौं ।

मोटोरोलाले जापानमा चुपचाप मोटोरोला मोटो जी ५३जे स्मार्टफोन अनावरण गरेको छ। साथै सोही वखत ब्रान्डले मोटो जी ५३ वाई पनि अनावरण गरेको उल्लेख छ। उक्त मोटो जी ५३वाई अन्य केहि नभएर जी५३जे को मोबाइल नेटवर्क भेरियन्ट भएको बताइएको छ।

मोटोरोला मोटो जी५३जे/जी५३वाई एक इन्ट्रि–लेभलको ५जी फोन भएको र यसमा ७२०*१६०० पिक्सेलको एचडी प्लस रिजोल्युसन, २०ः९ एस्पेक्ट रेसियो र १२० हर्ज रिफ्रेस रेट प्रदान गर्ने ६.५–इन्चको आईपीएस एलसीडी प्यानल फिचर गरिएको बताइएको छ। साथै डिभाइस माई यूएक्स–बेस्ड (आधारित) एन्ड्रोइड १३ सँग प्रिलोड गरिएको उल्लेख छ। त्यस्तै अडियो फाइलहरूको लागि भनेर डिभाइसमा डुअल स्टेरियो स्पिकरहरू समावेश गरिएको छ।

मोटो जी५३जे/जी५३वाई स्न्यापड्रागन ४८० प्लस चिपसेटद्वारा संचालितछ। डिभाइसमा ४ जीबी र्याम, १२८ जीबी स्टोरेज र १८ वाट चार्जिङ सपोर्टको गर्ने ५,००० एमएएच ब्याट्री समावेश गरिएको उल्लेख छ।

जी५३जे/जी५३वाई मा ५०–मेगापिक्सेलको मुख्य क्यामरा, २ मेगापिक्सेलको (म्याक्रो) डुअल क्यामरा सिस्टम फिचर गरिएको छ। अगाडि भने ८ मेगापिक्सेलको क्यामरा रहेको उल्लेख छ। त्यसैगरी सुरक्षाको लागि भनेर स्मार्टफोनले फेस अनलक र साइड–फेसिङ फिङ्गरप्रिन्ट स्क्यानर जस्ता सुविधाहरू प्रदान गर्नेछ।

मोटो जी५३जे/जी५३वाई को कनेक्टिभिटि तर्फ ५जी, वाईफाई, ब्लुटुथ ५.१, जीपीएस, एनएफसी र यूएसबी–सी पोर्ट जस्ता फिचर्स प्रदान गर्ने उल्लेख गरिएको छ। उक्त स्मार्टफोन आईपी५२–रेटेड स्प्ल्याश–रेजिस्टेन्ट चेसिसको साथ आउने बताइएको छ।

४ जीबी+१२८ जीबी कन्फिगरेसनमा मात्र आउने मोटो जी५३जे को जापानमा मूल्य ३४,८०० जापानीज येन रहेको छ। यो स्मार्टफोन इंक्ड ब्ल्याक र आर्कटिक सिल्भर शेडमा आउने उल्लेख छ।

मोटो जी५३वाई को मूल्यको बारेमा भने कुनै पनि आधिकारिक घोषणा गरिएको छैन्।

easy care

प्रकाशित: २८ जेष्ठ २०८०, आईतवार