ईयूले सेमीकन्डक्टर उत्पादनका लागि आठ अर्ब यूरो प्रदान गर्ने

Technology Khabar २७ जेष्ठ २०८०, शनिबार

ईयूले सेमीकन्डक्टर उत्पादनका लागि आठ अर्ब यूरो प्रदान गर्ने
सांकेतिक तस्बिर

काठमाडौं ।

युरोपेली आयोग (ईयू)ले सेमीकन्डक्टरमा आधारित परियोजनाहरूको लागि ८ बिलियन यूरो भन्दा बढी कोष प्रदान गर्ने भएको छ।

युरोपेली आयोगले २०३० सम्ममा विश्वको २० प्रतिशत सेमीकन्डक्टर (अर्धचालक) उत्पादन गर्ने युरोपेली संघको घोषणा गरेको महत्वाकांक्षाको अंशको रूपमा माइक्रोइलेक्ट्रोनिक्स र सञ्चार प्रविधि परियोजनाहरूका लागि ८.१ बिलियन युरोको सार्वजनिक कोष स्वीकृत गरेको छ।

फलस्वरूप, १४ सदस्य राष्ट्रहरू (अस्ट्रिया, चेक गणतन्त्र, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, आयरल्याण्ड, इटाली, माल्टा, नेदरल्यान्ड्स, पोल्याण्ड, रोमानिया, स्लोभाकिया र स्पेन) ले अब ६८ ओटा परियोजनाहरूमा सहायता विनियोजन गर्न सक्नेछन्, जसबाट थप १३.७ बिलियन यूरो निजी लगानी आकर्षित हुनेछ।

easy care

प्रकाशित: २७ जेष्ठ २०८०, शनिबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार