सोनीको ५.१ च्यानल र डल्बी एटमस सहितको नयाँ साउन्डबार भारतमा

Technology Khabar २७ जेष्ठ २०८०, शनिबार

सोनीको ५.१ च्यानल र डल्बी एटमस सहितको नयाँ साउन्डबार भारतमा

काठमाडौं ।

सोनीले भारतीय बजारमा एकदमै नयाँ अडियो प्रोडक्टको अनावरण गरेको छ। एचटी–एस२००० मोडल नामक उक्त नयाँ साउन्डबारले उत्कृष्ट अडियो अनुभव प्रदान गर्ने दावी गरिएको छ।

जापानी टेक जायन्टको नयाँ एचटी–एस२००० साउन्डबारमा ५.१ च्यानल र डीटीएसः एक्सका साथै डल्बी एटमोस जस्ता केही उल्लेखनीय स्पेसिफिकेशनहरू फिचर गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ। साथै यस साउन्डबारले भर्टिकल सराउन्ड इन्जिन र एस–फोर्स प्रो फ्रन्ट सराउन्डद्वारा संचालित सिनेमेटिक सराउन्ड साउन्ड एक्सपिरियन्स (अनुभव) प्रदान गर्ने बताइएको छ।

यसबाहेक, साउन्डबारले स्टेरियो कन्टेन्ट रन गर्दा (सामग्री चलाउँदा) थ्रि डाइमेन्सनल एक्सपिरियन्स प्रदान गर्ने उल्लेख गरिएको छ। बीचमा रहेको स्पिकरले स्पष्ट संवादहरू सुनिश्चित गर्ने छ भने डुअल सबवुफरहरूले डिप (गहिरो) बास प्रदान गर्नछ।

त्यसै गरी नयाँ साउन्डबारलाई नयाँ एचईसी (होम इन्टरटेनमेन्ट कनेक्ट) एप्लिकेसनसँग जोडिएको छ। यस एपको मार्फत साउन्डबारको सेटिङहरूमा सजिलोसँग पुग्न सकिने र प्रयोगकर्ताहरूले आफ्नो स्मार्टफोनबाट भोल्युम, साउन्ड फिल्ड र थप कुराहरूमा पूर्ण नियन्त्रण गर्न सक्ने उल्लेख छ। उक्त साउन्डबारलाई वैकल्पिक वायरलेस सबवूफरसँग पनि किन्न सकिने र त्यस वायरलेस सबवूफरले बास साउन्डलाई विस्तार गर्न मद्दत गर्ने उल्लेख छ।

सोनीको नयाँ साउण्डबार हाल भारतमा प्रमुख इलेक्ट्रोनिक स्टोरहरू, शपएटएससी, र अन्य इ–कमर्स प्लेटफर्महरू मार्फत ४२,९९० भारतीय रुपैयाँको मूल्य ट्यागमा खरिदका लागि उपलब्ध छ। साउन्डबार र सबवुफरको साथ पछाडिका स्पिकरहरूको लागि थप १४,९९० भारतीय रुपैयाँ लाग्ने उल्लेख गरिएको छ।

Global Bank
easy care

प्रकाशित: २७ जेष्ठ २०८०, शनिबार