शाओमी १३ अल्ट्रा ग्लोबल संस्करण लन्च हुनु अघि ब्लुटुथ एसआइजीमा

Technology Khabar २५ जेष्ठ २०८०, बिहीबार

शाओमी १३ अल्ट्रा ग्लोबल संस्करण लन्च हुनु अघि ब्लुटुथ एसआइजीमा

काठमाडौं ।

शाओमी १३ अल्ट्रा चाँडै नै विश्वव्यापी बजारमा लन्च हुने तयारीमा रहेको बताइएको छ। यद्यपि, यसको जुन १२ लन्च हुनु अघि, आगामी फ्ल्यागशिप स्मार्टफोन प्रमाणीकरण वेबसाइटमा देखा परेको थियो।

शाओमी १३ अल्ट्रा ग्लोबल भेरियन्ट ब्लुटुथ ५.३ युक्त लन्च हुने बताइएको छ। शाओमी १३ अल्ट्रा ब्रान्डको प्रिमियम साओमी १३ श्रृंखलाको हाईइण्ड मोडेल रहेको छ। यो पहिले नै कम्पनीको चीनको घरेलु बजारमा घोषणा गरिएको तथा पछि १२ जुन २०२३ मा विश्वव्यापी बजारमा लन्च हुने पुष्टि भएको हो।

तर यसको आधिकारिक विश्वव्यापी सुरुवात अघि, चिनियाँ टेक जायन्टको १३ अल्ट्रा मोडेल ब्लुटुथ एसआईजी प्रमाणीकरणमा देखिएको बताइएको छ। अनलाइन सूचीमा, हाई इन्डिङ डिभाइसले मोडेल नम्बर २३०४ एफपीएन ६ डिजी लिनेछ।

यसबाहेक, यो प्रमाणीकरण डाटाबेसले ब्लुटुथ ५.३ को समर्थनको साथ ह्यान्डसेट आउने प्रकट गरेको पनि बताइएको छ। शाओमी १३ अल्ट्रा जुन १२ मा घोषणा गरिनेछ। यो प्रिमियम ग्रेड डिभाइसको बिक्री २१ जुन २०२३ मा सुरु हुनेछ।

शाओमी १३ अल्ट्रामा ६.७३ इन्चको एलटीपिओ एमोलेड डिस्प्ले टू के प्लस  रिजोलुसन र १२० हर्ज रिफ्रेस दर रहेको छ। पछाडिको भागमा ५० मेगापिक्सेलको क्वाड क्यामरा सेटअप तथा अगाडिको भागमा ३२ मेगापिक्सेलको सेल्फी शूटर रहेको पनि उल्लेख छ।

स्मार्टफोन क्वालकम स्न्यापड्रयागन ८ जेन २ का साथ उपलब्ध हुने र ठूलो ५,००० एमएएच ब्याट्री प्याकद्वारा संचालित रहेको बताइएको छ। जसले ९० वाट फास्ट चार्जिंगलाई समर्थन गर्नेछ। डिभाइस एन्ड्रोइड १३ ओएसमा आधारित एमआईयुआई १३ कस्टम स्किन आउट अफ द बक्समा चल्नेछ।

Global Bank
easy care

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

ताजा समाचार