शाओमीले क्लामसेल फोल्डेबल फोनमा काम गर्दै

Technology Khabar २५ जेष्ठ २०८०, बिहीबार

शाओमीले क्लामसेल फोल्डेबल फोनमा काम गर्दै

काठमाडौं ।

शाओमीले सामसङ ग्यालेक्सी जेड फ्लिप ४ र मोटोरोला रेजर ४० अल्ट्रालाई टक्कर दिनको लागि आफ्नो क्लामसेल फोल्डेबल स्मार्टफोन तयार गरिरहेको छ। यसअघि अन्य ब्राण्डहरु ओप्पो, ह्वावे र भिभोले आधुनिक मोडर्न फ्लिप फोनको आफ्नै संस्करणहरू प्रस्तुत गरिसकेको छन्।

शाओमीले पहिले नै मिक्स फोल्ड २ नामक फोल्डेबल स्मार्टफोन प्रस्तुत गरिसकेको छ। त्यसैले शाओमीले फ्लिप फोन ल्याउन लागेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

टिपस्टर डिजिटल च्याट स्टेशनको अनुसार उक्त आगामी ह्यान्डसेट प्रभावशाली रूपमा पातलो र हल्का हुने र यस डिभाइसले हाल उपलब्ध पातलो फोल्डेबल मध्येको सबैभन्दा पातलो मिक्स फोल्ड २ को पाइला पछ्याउने बताईएको छ।

यद्यपी, शाओमीको उपकरण उपलब्धताको अघिल्लो ट्र्याक रेकर्डको आधारमा आगामी मिक्स फ्लिप चीन बाहिर भने उपलब्ध नहुने सम्भावना रहेको छ।

easy care

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

ताजा समाचार