कार्यालय समयमा कर्मचारीलाई टिकटक प्रयोग नगर्न गृहको निर्देशन

Technology Khabar २४ जेष्ठ २०८०, बुधबार

कार्यालय समयमा कर्मचारीलाई टिकटक प्रयोग नगर्न गृहको निर्देशन

काठमाडौं ।

गृह मन्त्रालयले कार्यालय समयमा कर्मचारीले टिकटक प्रयोगमा कडाई गरेको छ। हालै मन्त्रालयले आफू मातहतका सबै निकायहरुलाई निर्देशन दिँदै कार्यालय समयमा कार्यालय परिसरभित्र र कर्मचारी पोशाकमा टिकटक जस्ता भिडियो खिचेर सामाजिक सन्जालमा नराख्न भनेको छ।

यसैगरी सरकारी सवारी साधनको प्रयोग गरी टिकटकलगायतको भिडियो खिचेर सामाजिक सन्जालमा नराख्न र कार्यालयसँग सम्बन्धित संवेदनशील काम कारवाहीको जानकारी, गोप्य कागजात आदि सामाजिक सञ्जाल मार्फत सेयर नगर्ने/नगराउने भनेको छ।

मन्त्रालयले कार्यालयको काम कारवाहीको विवरण जानकारी गराउँदा, सार्वजनिक गर्दा व्यक्तिगत प्रचार-प्रसार र जस लिने आशयले नगर्न मातहत कर्मचारीहरुलाई निर्देशन दिएको छ भने आफ्नो नियमित कर्तव्यभित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई अनावश्यक तन्काएर विज्ञापन गरेको जस्तो देखिने गरी व्यक्तिगतरुपमा संजालहरूमा समेत नराख्न भनेको छ।

सार्वजनिक पदधारण गरेका सबै राष्ट्रसेवक कर्मचारीहरुले पदीय जिम्मेवारीलाई नकारात्मक प्रभाव पार्ने खालको विषयवस्तु सामाजिक सन्जालमा नराख्ने उक्त निर्देशनमा रहेको छ भने तोकिएको निर्देशनहरु कार्यान्वयन भए नभएको सम्बन्धमा मन्त्रालयबाट सुक्ष्म अध्ययन एवं अनुगमनसमेत गरिने व्यवस्था रहेको जनाएको छ।

गृह मन्त्रालयले हेलो सरकारमार्फत मन्त्रालय मातहत कार्यरत केही वरिष्ठ अधिकारीहरुको अनुपयुक्त, अव्यवसायिक गतिविधि तथा पदको गम्भिरता र महत्वलाई ध्यान नदिई टिकटकमा अनावश्यक र उश्रृङ्गखल किसिमका भिडियोहरु पोस्ट गर्ने गरेको भन्ने व्यहोराको गुनासोको आधारमा सो निर्देशन जारी गरेको छ।

“विगतमा पनि पटक पटक यस्तै प्रकृतिका गुनासाहरु प्राप्त भएकोले सो सम्बन्धमा कर्मचारीहरुलाई समय समयमा मौलिक जानकारी गराउँदै आएतापनि गुनासाहरू आउने क्रम निरन्तर रहेकोले सोको सम्बोधनका लागि देहायको बुँदाहरु मन्त्रालय मातहतका सम्पूर्ण कर्मचारीहरूले पालना गर्न/गराउन निर्देशन दिने भनी मन्त्रालयको मिति २०६०।०२।१६ गतेको (सचिवस्तरीय) निर्णय भएकोले सो बमोजिम कार्यान्वयन गर्न/गराउन हुन अनुरोध छ,” निर्देशन पत्रमा भनिएको छ।

Global Bank
easy care

प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार

ताजा समाचार