माइक्रोसफ्टले बाल गोपनियता उल्लंघनमा २० मिलियन डलर तिर्ने

Technology Khabar २४ जेष्ठ २०८०, बुधबार

माइक्रोसफ्टले बाल गोपनियता उल्लंघनमा २० मिलियन डलर तिर्ने

काठमाडौं ।

माइक्रोसफ्टले अमेरिकी फेडरल ट्रेड कमिसन (एफटीसी) २० मिलियन अमेरिकी डलर तिर्ने भएको छ। माइक्रोसफ्टले एक्सबक्समा अकाउन्ट खोलेका बालबालिकाको अवैध रूपमा डाटा संकलन गरेको एफटीसीले फेला परेकाले उक्त रकम क्षतिपूर्ती स्वरुप तिर्ने भएको हो।

एफटीसीले सोमबार माइक्रोसफ्टसँग सम्झौता गरेको, जसमा बाल गेमरहरूको लागि वृद्धि गरिएको सुरक्षा पनि समावेश गरिएको बीबीसीले उल्लेख गरेको छ।

उल्लंघनहरू मध्ये माइक्रोसफ्टले आफ्नो डाटा सङ्कलन नीतिहरूको बारेमा अभिभावकहरूलाई सूचित गर्न असफल भएको एफटीसीले फेला पारेको छ।

यसले गत हप्ता अमेजनको इको डिभाइस विरुद्ध यस्तै कारबाहीको अनुसरण गर्छ।

एफटीसीका अनुसार माइक्रोसफ्टले बच्चाहरूको अनलाइन गोपनीयता संरक्षण ऐनको उल्लङ्घन गरेको छ। र, अभिवाकको सहमति नलिई र २०२१ भन्दा अघि सिर्जना गरिएका अकाउन्टहरुबाट १३ वर्ष मुनिका बालबालिकाहरूको व्यक्तिगत डेटा लिएको छ।

कानूनमा अभिभावकको सहमति प्राप्त गर्न र उनीहरूको बच्चाको बारेमा सङ्कलन भइरहेको व्यक्तिगत डाटाको बारेमा बालबालिका केन्द्रित अनलाइन सेवाहरू र वेबसाइटहरू अभिभावकलाई जानकारी दिन आवश्यक छ।

एक्सबक्स प्रयोगकर्ताहरूले निश्चित सेवाहरू प्रयोग गर्न अकाउन्ट सिर्जना गर्नुपर्ने हुन्छ। यसमा पूर्ण नाम, इमले एड्रेस, जन्म मिति लगायका सूचना सेटअप भागको रुपमा संकलन गरिन्छ।
बालबालिकाहरुको फोन नम्बर जस्ता व्यक्तिगत जानकारी प्राप्त गरिसकेपछि माइक्रोसफ्टले अभिभावकलाई अनुमति प्रदान गर्न अनुरोध गरेको थिएन।

माइक्रोसफ्टले अभिभावकले प्रक्रिया पूरा नगरि सन् २०१५ देखि २०२० सम्म डाटा राखेको एफटीसीले एक विज्ञप्तिमा भनेको छ।

 

Global Bank
easy care

प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार