माइक्रोसफ्टले २०२३ को अन्त्यमा विन्डोजको स्ट्यान्डअलोन कोर्टाना एप बन्द गर्ने

Technology Khabar २३ जेष्ठ २०८०, मंगलवार

माइक्रोसफ्टले २०२३ को अन्त्यमा विन्डोजको स्ट्यान्डअलोन कोर्टाना एप बन्द गर्ने

काठमाडौं ।

विन्डोज कोपाइलटको सुरुवातसँगै माइक्रोसफ्टको डेस्कटप ओएस कोर्टानो छोड्ने तर्फ संकेत गरेको छ।

विन्डोज सेन्ट्रलद्वारा पहिलो पटक प्राप्त गरेको सपोर्ट डकुमेन्टमा टेक जायन्टले सन् २०२३ को अन्त्यमा विन्डोजको लागि स्ट्यान्डअलोन कोर्टाना एपलाई समर्थन गर्न बन्द गर्ने घोषणा गरिएको इनग्याजेडले उल्लेख गरेको छ।

माइक्रोसफ्टले २०१४ मा विन्डोज मोबाइल डिभाइसका लागि भ्वाइस सहायकको रूपमा कोर्टाना सुरु गरेको थियो।

यो एप्पलको सिरीलाई कम्पनीको जवाफ मानिएको थियो, र यसले अमेजनको एलेक्सालाई पनि चुनौती दिने अपेक्षा गरिएको थियो। तर यसले सिरी र एलेक्साको जस्तो मान्यता र लोकप्रियताको स्तर कहिल्यै हासिल गर्न सकेन।

कम्पनीले आफ्नो भ्वाइस असिस्टेन्ट बन्द गर्नु अघि सन् २०२१ देखि नै एन्ड्रोइड र आईओएस एपहरुमा कटौती गर्दै लगिरहेको थियो। कम्पनीले यसलाई आफ्नो पार्टनर निर्माता डिभाइसहरु, जस्तै स्मार्ट स्पिकरबाट पनि हटाएको थियो।

विशेषगरी विन्डोजका लागि माइक्रोसफ्टले बेक्ड इन डिजिटल असिस्टेनको रुपमा आफ्नो स्थिति परिवर्तन गर्यो र यसलाई आफ्नै कम्प्युटरबाट पनि बाहिर निकालेको छ। यो एप वर्षको अन्त्यसम्म बिदा हुनेछ।

आफ्नो घोषणामा, माइक्रोसफ्टले औंल्यायो कि प्रयोगकर्ताहरूले अझै पनि ‘विन्डोज र एजमा शक्तिशाली उत्पादकता सुविधाहरूमा पहुँच पाउनेछन्, जसले एआई क्षमताहरू बढाएको छ।’ यसले विशेष रूपमा नयाँ बिंगलाई उल्लेख गरेको छ जुन अब ओपनएआईको च्याटजीपीटी प्रविधिद्वारा संचालित छ।

माइक्रोसफ्टले माइक्रोसफ्ट ३६५ कोपाइलट डिभाइस प्रस्तुत गरेको छ। जसमा टेक्स्ट आधारित प्रम्प्टहरुका साथ अफिस एप भित्र कन्टेन्ड सिर्जन गर्न सकिन्छ।

मेको अन्त्यमा कम्पनीले आफ्नो बिल्ड विकासकर्ता सम्मलेनमा यसको प्लेटफर्मको साइडबारमा कोपाइलट डिभाइस राखेर एआईलाई विन्डोज ११ को गहिरो एकीकृत भाग बनाउने भनेर खुलासा गरेको थियो।

easy care

प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार