ओप्पो एमआर ग्लास डेभलपर हेडसेट घोषणा, स्न्यापड्रागन एक्सआर२ प्लस चिपसेट समावेश

Technology Khabar १९ जेष्ठ २०८०, शुक्रबार

ओप्पो एमआर ग्लास डेभलपर हेडसेट घोषणा, स्न्यापड्रागन एक्सआर२ प्लस चिपसेट समावेश

काठमाडौं ।

ओप्पोले अगुमेन्टेड वर्ल्ड एक्सपो (एडब्ल्यूई) २०२३ मा आफ्नो मिक्स्ड रियालिटी (एमआर) ग्लास हेडसेट घोषणा गरेको छ। हेडसेटमा क्वालकमको स्न्यापड्रागन एक्सआर२ प्लस चिपसेट समावेश गरिएको र यसै वर्षको अन्त्यमा चीनमा स्न्यापड्रागन स्पेस डेभलप किटको रूपमा उपलब्ध हुने छ।

हेडसेटमा प्यानकेक लेन्स, डुअल फ्रन्ट आरजीबी क्यामेरा र १२० हर्ज रिफ्रेस रेट सहितको बाइनोकुलर भिडियो पास–थ्रु (भीपीटी) फिचर गरिएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

साथै हेडसेटलाई दुई ओटा जोइस्टिक कन्ट्रोलर्स, प्रोपियटरी सुपरभीओओसी फास्ट चार्जिङ र हार्ट रेट मोनिटरका साथ उपलब्ध गराईएको बताइएको छ। ओप्पो एमआर ग्लास यस वर्षको दोस्रो अर्धवार्षिकदेखि चीनमा बिक्री वितरण गरिने थप उल्लेख गरिएको छ।

easy care

प्रकाशित: १९ जेष्ठ २०८०, शुक्रबार