शाओमी मिजिया वाटर प्युरिफायर ६००जी चीनमा सार्वजनिक

Technology Khabar १८ जेष्ठ २०८०, बिहीबार

शाओमी मिजिया वाटर प्युरिफायर ६००जी चीनमा सार्वजनिक

काठमाडौं ।

शाओमीले चीनमा मिजिया वाटर प्युरिफायर ६००जी अनावरण गरेको छ। मिजिया वाटर प्युरिफायर ६००जी डबल–कोर, ७–स्टेज फाइन फिल्टर सहितको एक्सिलेन्ट प्युरिफिकेसन क्यापाबिलिटिज (उत्कृष्ट शुद्धिकरण क्षमता) का साथ आउने उल्लेख छ। वाटर प्युरिफायर मार्फत शुद्ध गरिएको पानी बच्चाहरूलाई पनि पिउनको लागि सुरक्षित रहेको बताइएको छ।

शाओमीले नयाँ वाटर प्युरिफायर प्रि–अर्डरको लागि भनेर छुट मूल्यसहित १,३९९ युआन (१९७ डलर) मा उपलब्ध गराउने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

मिजिया वाटर प्युरिफायर ६००जीले फिल्टर इलिमेन्टको लागि फ्रण्ट पम्प प्रयोग गरेको र यस पम्पलाई सहज रुपमै बदल्न सकिने छ। वाटर प्युरिफायरको इन्टेरियरमा पीपीसी कम्पोजिट र रिभर्स ओस्मोसिस कम्पोजिट फिल्टर इलिमेन्टहरू प्रयोग गरिएको बताइएको छ। साथै यसले सात लेभलसम्मको फाइन फिल्ट्रेसन हासिल गर्न सक्ने उल्लेख छ।

रिभर्स ओस्मोसिस (आरओ) फिल्टर इलिमेन्ट ३ वर्षसम्म टिक्ने दाबी गरिएको छ भने यसको कुल पानी शुद्धीकरण क्षमता ५,००० लिटर रहेको बताइएको छ। त्यसैगरी मिजिया वाटर प्युरिफायरको शुद्ध पानी उत्पादन दर प्रति मिनेट १.५८ लिटर सम्मको प्रवाह दरको साथ ६८.५ प्रतिशत पुग्ने बताइएको छ।

शाओमी मिजिया वाटर प्युरिफायर ६००जीले इम्प्रूभ्ड वाटर क्वालिटीको लागि प्योर वाटर ब्याकफ्लो प्रविधिलाई समर्थन गर्ने बताइएको छ। फ्युसेलेज भित्र रहेको फिल्टर पम्पले शक–अब्जर्भिङ्ग (झटका अवशोषित) गर्ने र आवाज कम गर्न मद्दत गर्नेछ। वाटर प्युरिफायरको अपरेटिङ्ग नोइज (सञ्चालन आवाज) ५३ डेसिबल रहेको छ भने नलमा डिजिटल डिस्प्ले पनि रहेको उल्लेख गरिएको छ। साथै मिजिया वाटर प्युरिफायर ६००जीमा ग्याजेटको सुरक्षाको लागि भनेर वाटर सर्टेज र लो–टेम्प्रेचर प्रोटेक्सन (पानीको कमी र कम–तापमान सुरक्षा) पनि रहेको छ।

वाटर प्युरिफायरको लार्ज–स्क्रिन डिजिटल डिस्प्लेले शुद्ध पानीको वर्तमान स्थिति, पानीको गुणस्तर, फिल्टर लाइफ र अन्य जानकारी प्रदान गर्न सक्ने उल्लेख छ।

शाओमी मिजिया वाटर प्युरिफायर ६००जी को मूल्य र उपलब्धताः
शाओमी मिजिया वाटर प्युरिफायर ६००जी चीनमा प्रि–अर्डरको लागि उपलब्ध भएको बताइएको छ। डिभाइस्को ओरिजीनल (मूल) मूल्य १,६९ युआन (२३९ डलर) रहेको तर शाओमी ले १,३९९ युआन (१९७ डलर) को प्रि–लन्च मूल्य पदान गरिरहेको उल्लेख गरिएको छ। साथै मिजिया वाटर प्युरिफायर ६००जी को अहिलेसम्म कुनै विश्वव्यापी उपलब्धता र मूल्य निर्धारणको विवरणहरू उपलब्ध नभएको बताइएको छ।

easy care

प्रकाशित: १८ जेष्ठ २०८०, बिहीबार