एप्पलले एआर/भीआर हेडसेट ‘रियालिटी प्रो’मा डुअल फोरके डिस्प्ले ल्याउने

Technology Khabar १८ जेष्ठ २०८०, बिहीबार

एप्पलले एआर/भीआर हेडसेट ‘रियालिटी प्रो’मा डुअल फोरके डिस्प्ले ल्याउने

काठमाडौं ।

‘रियलिटी प्रो’ नाम दिइएको एप्पल एआर/भीआर हेडसेट आगामी जुन ५ मा घोषणा गरिने भएको छ। डिस्प्ले सप्लाई चेन कन्सल्टेन्ट्स (डीएससीसी) का सीईओ रस यङ्गकाअनुसार हेडसेटमा दुई ओटा १.४१ इन्चको माइक्रो ओएलईडी हुनेछन् र यसले ५,००० निट्स भन्दा बढी ब्राइटनेस (चमक) का साथमा ४,४०० पीपीआई रिजोल्युसन ल्याउने बताइएको छ।

यसका साथै विश्लेषकले रिजोल्युसन “४के पर आई”हुने बताएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

सिम्पल म्याथले आगामी हेडसेटमा १.४१ इन्चको डायगोनल र सर्कूलर/स्क्वायर डिस्प्ले हुने र यसको साइड १ इन्चको हुनुका साथै रिजोल्युसन ४,००० ह ४,००० पिक्सेल प्रति डिस्प्ले रहने खुलासा गरेको छ। मेटा क्वेस्ट प्रोको ‘पर आई’ रिजोल्युसन १,८००x१,९२० र प्लेस्टेशन भीआर २ को २,०००x२,०४० पिक्सेल पर आई भन्दा एप्पल एआर/भीआर हेडसेटको यी संख्याहरू प्रभावशाली भएको उल्लेख गरिएको छ।

स्मार्टफोनहरूमा रिपोर्ट गरिएका स्ट्याण्डर्ड (मानक) निट्स भन्दा हेडसेटको ब्राइटनेस नम्बर पाँच गुणा उच्च भएको बताइएको छ। यद्यपि, मानव आँखाले प्रकाशलाई फरकरूपमा लिने भएकाले संख्यालाई (एक्सपोनेन्टिली) सोही अनुरुप गणना गर्नुपर्ने उल्लेख गरिएको छ।

एफ–स्टप्स जस्तै, त्यहाँ १,००० निट्स देखि २,००० निट्स सम्मको पहिलो, २,००० निट्स देखि ४,००० निट्स सम्मको दोस्रो र ४,००० देखि ८,००० निट्स सम्मको तेस्रो चरण आदि रहेको बताइए छ। यसको अर्थ रियलिटी प्रो को डिस्प्ले पिक ब्राइटनेस (उच्च चमक) को अवस्थामा स्मार्टफोन स्क्रिन भन्दा पनि झन्डै तीन गुणा उज्यालो हुने बताइएको छ।

हेडसेटको लागत लगभग १,५०० डलर हुने अपेक्षा गरिएको हुनाले शोखिन र उत्साहीहरूका लागि उक्त मूल्य धेरै हुने उल्लेख गरिएको छ। साथै हेडसेट प्रोफेशनलहरूका लागि विज्ञापन गरिने र उनीहरुले भविष्यका ग्राहकहरूका लागि मेटाभर्स विकास गर्न उपकरणको प्रयोग गर्न सक्ने सम्भावना रहेको छ।

साधारण ग्राहकहरूले भने अधिक सामान्य स्पेक्स र थप वालेट–फ्रेन्डली मूल्य ट्यागको साथ नन–प्रो रियालिटी खरिद गर्ने बताइएको छ।

Global Bank
easy care

प्रकाशित: १८ जेष्ठ २०८०, बिहीबार