ह्वावेको वाच ४ र वाच ४प्रो को प्रि-अर्डर जून ८ देखि सुरु हुने

Technology Khabar १३ जेष्ठ २०८०, शनिबार

ह्वावेको वाच ४ र वाच ४प्रो को प्रि-अर्डर जून ८ देखि सुरु हुने

काठमाडौं ।

ह्वावेले मे ९ मा पी ६० प्रो फ्ल्यागशिप र मेट एक्स ३ फोल्डेबलको विश्वव्यापी रिलिजको क्रममा ईसिम समर्थनसहित वाच ४ र वाच ४ प्रो प्रस्तुत गरेको छ। कम्पनीका अधिकारीहरूले त्यसबेला वेयरेवल वस्तुहरूको उपलब्धताको बारेमा कुनै विवरण न खुलाएपनि हाल आधिकारिक जानकारी प्राप्त भएको बताइएको छ।

ह्वावेले वाच ४ र वाच ४ प्रो को लागि जुन ८ मा प्रि-अर्डर सुरु गर्दै दुई हप्ता पछि, जुन २२ मा वेयरेवल सामानहरू बेच्न सुरु गर्ने बताइएको छ। वाच ४ र वाच ४ प्रो इम्प्रेसिभ ब्याट्री लाईफ र फास्ट चार्जसंगै आउने छ।

आधिकारिक जानकारीका अनुसार, प्रो एक अल्ट्रा लामो ब्याट्री लाइफ मोडको साथ एकल चार्जमा २१ दिनसम्म टिक्ने छ जसले प्रयोगकर्तालाई अझै पनि स्वास्थ्य डाटा ट्र्याक गर्न र गतिविधिहरू रेकर्ड गर्न अनुमति दिने बताइएको छ। स्वास्थ्य जाँच, श्वासप्रश्वास जाँच, र परिवारका सदस्यहरूको नजिकको सर्कलसँग स्वास्थ्य डाटा साझा गर्ने क्षमता समावेश रहेको पनि बताइएको छ।

ह्वावे वाच ४ यसको कालो स्टेनलेस स्टील बडी र फ्लोरोइलास्टोमर स्ट्र्यापको साथ यसको  मूल्य  ४५० पाउन्ड हेको छ। सबै टाइटेनियम विकल्प ७०० पाउन्डमा र छालाको स्ट्र्याप र टाइटेनियम एलोए मेटल बडी भएको वाच ४ प्रो को मूल्य ५५० पाउन्ड स्टर्लिङ रहेको छ।

वेयरेवल सामानहरू ह्वावेको अनलाइन स्टोर र युरोपभरका साझेदार खुद्रा बिक्रेताहरूमा बेचिने बताइएको छ।

easy care

प्रकाशित: १३ जेष्ठ २०८०, शनिबार