रिचार्ज कार्ड बिक्रेताले स्मार्ट टेलिकममा लगाए ताला

  • Technology Khabar | १२ जेष्ठ २०८०, शुक्रबार
रिचार्ज कार्ड बिक्रेताले स्मार्ट टेलिकममा लगाए ताला

काठमाडौं ।

स्मार्ट टेलिकम प्रालिका रिचार्ज कार्ड बिक्रेताहरुले कम्पनीको कार्यालयमा तालाबन्दी गरेका छन्। नवीकरण नगर्दा स्वतः खारेजीमा परेको स्मार्ट टेलिकमको सेवा करिब ठप्प हुँदा लगानी डुब्ने अवस्था सिर्जना भएकाले रिचार्ज कार्ड बिक्रेताहरुले शुक्रबार कम्पनीमा तालाबन्दी गरेका हुन्।

रिचार्ज कार्ड बिक्रेताहरुले ‘स्मार्ट कार्ड पिडित समूह’ गठन गरेर नै कम्पनीमा ताला लगाएका छन्।

उक्त समूहले जारी गरेको सूचनाअनुसार स–साना पसले, आधिकारिक डिलर डिस्ट्रिब्यूटरसँग नगदमा खरिद गरिएको करिब ५२ करोड रुपैयाँ बराबरको रिचार्ज कार्ड र सिमकार्डहरु छन्।

उनीहरुको नगदमा खरिद भएका रिचार्ज कार्ड र सिमकार्डहरुको व्यवस्थापन, आधिकारिक बिक्रेताहरुको पाउने कमिसन बापतको रकम र आधिकारी बिक्रेताहरुको टीडीएस वापतको कर सरकारलाई बुझाए पश्चात मात्र ताला खोलिने स्मार्ट कार्ड पिडित समूहको भनाई छ।

रिचार्ज कार्ड व्यवसायीहरुले कम्पनीलाई अधिनमा लिएको नेपाल दूरसञ्चार प्राधिकरणमा आफ्नो चिन्ता र समस्याको बारेमा ज्ञापन पत्रमार्फत बैशाख ३१ मा नै जानकारी गराएका थिए।

सम्बन्धित समाचार-

स्मार्ट टेलिकमको मूल्य निर्धारण गर्न न्यून आवेदन, सूची दर्ताको लागि दूरसञ्चार प्राधिकरणको दोस्रो सूचना

उनीहरुले आफ्नो रकम फसेपछि आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्दै प्राधिकरणमा चेतावनीसहितको पत्र समेत दर्ता गरेका थिए। जसमा प्राधिकरणले कम्पनीको दायित्व नलिने जिकिर गरेर सूचना जारी गरेको थियो।

सम्बन्धित समाचार-

दूरसञ्चार प्राधिकरणले भन्यो- “स्मार्टलाई अधिनमा लिनु अगाडिको दायित्व कम्पनीले नै तिर्नुपर्छ”

तर सरकारले अधिनमा लिएपनि स्मार्ट टेलिकमका रिचार्ज कार्ड बिक्रेताहरुको फसेको करोडौं रकमको बारेमा कुनै समाधान दिन सकेको छैन्।

तर उनीहरुको रकम फिर्ता हुने/नहुने बारेमा अझै दूरसञ्चार प्राधिकरण र व्यवस्थापन समूहले केहि ठोस निकास दिन सकेका छैनन्।

त्यसैले बाध्य भएर कम्पनीमा नै तालाबन्दी गर्नुपरेको उनीहरुको दाबी छ।

तालाबन्दी भएपछि कम्पनीको सेवा कसरी संचालन हुन्छ भन्ने बारेमा कुनै जानकारी छैन्।

प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • १२ जेष्ठ २०८०, शुक्रबार