एनसेलले भन्यो- ‘हाम्रो नयाँ मोबाइल नम्बरमा समस्या भयो, अन्य नम्बरसरह सहजीकरण गरिदेउ’

Technology Khabar १२ जेष्ठ २०८०, शुक्रबार

एनसेलले भन्यो- ‘हाम्रो नयाँ मोबाइल नम्बरमा समस्या भयो, अन्य नम्बरसरह सहजीकरण गरिदेउ’
एनसेल आजियाटा लिमिटेडको भैरहवामा रहेको सेवा केन्द्र । फाइल तस्विर

काठमाडौं ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले ९७०XXXXXXX बाट सुरु हुने नयाँ मोबाइल नम्बरमा ओटीपी नआएको, साइनअपमा समस्या भएको तथा वालेट प्रयोगमा कठिनाई भएको जस्ता समस्या देखिएको भन्दै सहजीकरण गरिदिन विभिन्न निकायहरुलाई अनुरोध गरेको छ।

कम्पनीले हालै नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति बमोजिम ग्राहक सुविधाका लागि ९७०XXXXXXX देखि सुरु हुने नयाँ मोबाइल नम्बर वितरण गर्दै आएको छ।

तर नयाँ मोबाइल नम्बर लिएका ग्राहकहरूबाट ओटीपी (OTP) नआएको, मोबाइल एप र वेबमा आधारित सेवाहरू लिनका लागि साइन अप (Sign Up) गर्दा समस्या भएको, वालेटबाट कारोबार गर्दा कठिनाइ भएको लगायतका जानकारी प्राप्त गरिरहेको जनाएको छ।

कम्पनीले सूचनामा भनेको छ, “त्यसैले, ९७०XXXXXXX देखि सुरु हुने नयाँ मोबाइल नम्बरलाई पनि अन्य नम्बरसरह आफ्नो सिस्टममा चल्ने बनाउँदै सेवाहरु खोल्न, मोबाइल नम्बर प्रयोगमार्फत सेवाप्रदान गर्ने सरकारी तथा अर्धसरकारी निकाय, बैंक तथा वित्तीय संस्था र निजी संघसंस्था लगायत सबैलाई हार्दिक अनुरोध गर्दछौं।”

कम्पनीले नयाँ नम्बरका साथ आगामी दिनहरुमा आफ्ना ग्राहकलाई थप सुविधा र अझै विस्तारित सेवा प्रदान गर्न हामी प्रतिबद्ध भएको जनाएको छ।

easy care

प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार

ताजा समाचार