Technology Khabar १२ जेष्ठ २०८०, शुक्रबार
काठमाडौं ।
सोनीले नयाँ ह्यान्डहेल्ड स्ट्रिमिङ डिभाइस सार्वजनिक गरेको छ। यसमा रिमोट प्ले मार्फत वाई–फाईमा पीएस५ गेमहरु खेल्न सकिन्छ।
डिभाइसलाई प्रोजेक्ट क्यू भनिन्छ। ८ इन्चको एलसीडी स्क्रिन युक्त डिभाइसले १०८० पिक्सेल रिजोलयुसनमा ६० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
स्क्रिन टचप्याड बाहेक पीएस५ कन्ट्रोलरको रुपमा नियन्त्रकको रूपमा सबै समान बटनहरू र फिचरहरु सहितको डुअलसेन्स कन्ट्रोलरसँग जोडिएको छ जुन सम्भवतः टचस्क्रिनमा एकीकृत हुनेछ।
सोनीले उपलब्ध गराएको विवरण अनुसार कन्सोलमा डाउनलोड गरिएका पीएस५ गेम मात्र स्ट्रिम गर्न सकिन्छ। अन्य नेटिभ गेमिङ वा क्लाउड गेमिङ यसमा खेल्न सकिदैन। तर यो आधिकारिक रुपमा बिक्रीका लागि उपलब्ध हुँदा भने यसमा परिवर्तन हुने सम्भावना रहन्छ।
सोनीले डिभाइसको मूल्यका सम्बन्धमा कुनै जानकारी उपलब्ध गराएको छैन। यद्यपि प्रोजेक्ट क्यू यस वर्षको अन्त्यसम्म बजारमा आउने पूष्टी गरेको छ।
प्रोजेक्ट क्यू बाहेक सोनीले प्लेस्टेशनको आधिकारिक वायरेल एयरवड्र्स पनि घोषणा गरेको छ। उक्त इयर बड्र्समा सोनीले विकास गरेको नयाँ वायरलेस प्रविधिको प्रयोग गरिएको छ। यसले ब्लुटुथमा लसलेस अडियो र लो लेटेन्सी प्रदान गर्छ। सोनीले इयर बड्र्सको सम्बन्धमा थप विवरण उपलब्ध गराएको छैन।
प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार