नागरिक एपले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम चलाउने

Technology Khabar ११ जेष्ठ २०८०, बिहीबार

नागरिक एपले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम चलाउने

काठमाडौं ।

नागरिक एपले देशभर डिजिटल साक्षरता कार्यक्रम शुरु गरेको छ। सरकारी सेवाहरुलाई सहजरुपमा उपलब्ध गराउने योजनासहित आएको नागरिक एपले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम चलाउने जानकारी दिएको छ।

सरकारी सेवाहरुलाई सहज, छिटो र प्रविधिमैत्री बनाउने उदेश्यले नेपाल सरकारले केहि वर्षदेखि संचालनमा ल्याएको ‘नागरिक एप’ सम्वन्धि सचेतना कार्यक्रम ‘नागरिक एप-डिजिटल साक्षरता कार्यक्रम २०२३’ आयोजना गर्ने भएको छ।

डिजिटल साक्षरता कार्यक्रम आजैदेखि शुरु भएको छ भने पहिलो अभियान जुम्लामा हुँदैछ।

यसको लागि नागरिक एपले सो कार्यक्रममा सहभागी हुन चाहने इच्छुकहरुलाई नाम दर्ता गर्न अनुरोध गरेको छ।

५३ बढी सरकारी सेवाहरु सहज, छिटो र सुरक्षित रुपमा मोबाइलमै उपलब्ध हुने एकमात्र डिजिटल प्लेटफर्म भएपनि एपमा उपलब्ध भएका कतिपय सेवाहरुले सरकारी मान्यता नै पाउन सकेका छैनन्।

telecom
easy care

प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार