Technology Khabar ११ जेष्ठ २०८०, बिहीबार
काठमाडौं ।
सामसङले पुल्चोक क्याम्पसका पहिलो ब्याचका विद्यार्थीहरुलाई कोडिङ र प्रोग्रामिङ कोर्स पुरा गरेको प्रमाणपत्र वितरण गरेको छ।
सामसङको फ्ल्यागशिप कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी (सीएसआर ) प्रोग्राम अन्तरगत ‘सामसङ ईनोभेसन क्याम्पस’ को त्रिभुवन विश्वविद्यालय इन्स्चिट्युट अफ ईन्जिनियरीङ अन्तर्गत पुल्चोक क्याम्पसका पहिलो ब्याचका विद्यार्थीहरुले कोडिङ र प्रोग्रामिङ कोर्स प्राप्त गरेका थिए। कोर्स पुरा गरेका विद्यार्थीहरुलाई कोडिङ र प्रोग्रामिङ कोर्स पुरा गरेको प्रमाणपत्र प्रदान गरियो।
“विद्यार्थीहरूको उत्सुक सहभागिता र विश्वविद्यालयबाट ठुलो सहयोगको साथ हाम्रो कोडिङ र प्रोग्रामिङ कोर्सको पहिलो ब्याच पूरा गर्न पाउँदा हामी धेरै उत्साहित छौँ। हामी प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटसँग भविष्यका प्राविधिक आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र बिग डाटा डोमेनहरूमा विद्यार्थीहरूलाई उन्नत बनाउनको लागि दीर्घकालीन साझेदारीको अपेक्षा गर्दछौँ,” सामसङ दक्षिण–पश्चिम एसियाका नेपाल कार्यालय प्रमुख सुङ जुन पार्कले भने।
आईसीटी विद्यार्थी तथा युवाहरुको जीवनमा सकारात्मक प्रभाव पार्दै उनीहरूलाई भविष्यमा रोजगारीका सम्भावनाहरूमा मद्दत गर्ने उद्देश्यका साथ इनोभेसन सेन्टरले प्राविधिक तथा सफ्ट सीप तालिमहरू प्रदान गर्दै आएको सामसङले बताएको छ। एआई, आईओटी, बिग डाटा र कोडिङ र प्रोग्रामिङ जस्ता उच्च प्रविधि डोमेनहरूमा उनीहरूको सीप वृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम आरम्भ भएको बताईएको छ।
सामसङ ईनोभेसन क्याम्पसका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ, प्रोग्रामिङ र इन्टरनेट अफ थिंग्स सम्बन्धी पाठ्यक्रमहरूमा विद्यार्थीहरूलाई छनोटका लागि एल्गोरिदम, डाटा संरचना र प्रोग्रामिङका ज्ञान हासिल गरेका छन्।
सामसङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको थियो।
प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार