दश महिनामा ६ हजार ६०४ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल भित्रिए

Technology Khabar ११ जेष्ठ २०८०, बिहीबार

दश महिनामा ६ हजार ६०४ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल भित्रिए
सांकेतिक तस्विर

काठमाडौं ।

नेपालमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात बढ्दो क्रममा देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चाल आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्म ८४ करोड ७४ लाख १८ हजार रुपैयाँ बराबरको ६ हजार ६०४ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको देखिन्छ।

इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयातबाट सरकारले २२ करोड १४ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

गत आर्थिक वर्ष २०७८÷७९ को बैशाख मसान्तसम्म ३४ करोड ८१ लाख ६३ हजार रुपैयाँ बराबरको ४ हजार ९१ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको थियो।

गत आवको तुलनामा चालु आवमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात २ हजार ५१३ यूनिट अर्थात ६१.४२ प्रतिशतले बढेको छ।

इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात रकम ४९ करोड ९२ लाख ५५ हजार रुपैयाँ अर्थात १४३.३९ प्रतिशतले बढेको छ।

नेपाल इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल चीन, भारत, हंङकङ र इन्डोनेसिया आउने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

सबैभन्दा धेरै चीनबाट ५९ करोड ८८ लाख ९३ हजार रुपैयाँ बराबरको ४ हजार ९६९ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।
भारतबाट २२ करोड ८७ लाख ४४ हजार रुपैयाँ बराबरको १ हजार ५६१ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटसाइकल आयात भएको छ।

इन्डोनेसियनबाट १ करोड ९० लाख ५९ हजार रुपैयाँ बराबरको ७२ यूनिट र हंङकङबाट ७ लाख २२ हजार रुपैयाँ बराबरको २ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

telecom
easy care

प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार