एप्पल आईफोन १६ मा ‘भर्टिकल अलाईन्ड’ क्यामरा सेन्सर राखिने

Technology Khabar १० जेष्ठ २०८०, बुधबार

एप्पल आईफोन १६ मा ‘भर्टिकल अलाईन्ड’ क्यामरा सेन्सर राखिने

काठमाडौं ।

आगामी आइफोन १५ लाइनअप केही महिनामा नै आधिकारिक रूपमा बजारमा आउने अपेक्षा गरिएको छ, तर एक वर्ष भन्दापछि डेब्यू हुने आईफोन १६ श्रृंखलाको बारेमा समाचारहरु आउन थालिसकेका छन्।

अर्को वर्ष लन्च हुने एप्पल आईफोन १६ स्मार्टफोनको बारेमा केही विवरणहरू अनलाइनमा देखा परेका छन्। पछिल्लो विकासमा, रियर क्यामरा सेन्सर व्यवस्थाको बारेमा विवरणहरू आएका छन्।

ट्विटर प्रयोगकर्ता ‘ए्याट रेडडिटर’ द्वारा साझा गरिएको नयाँ जानकारीले  मानक आईफोन १६ मोडेल दुई क्यामरा सेटअपको साथ आउने, जहाँ सेन्सरहरू ठाडो लेआउटमा व्यवस्थित हुने दावी गरिएको छ। सोही डिजाइनलाई आईफोन १६ का अन्य मोडलमा पनि विस्तार गरिने अपेक्षा गरिएको छ।

त्यस्तै डाइनामिक आइल्याण्ड र युएसवी सी-पोर्ट सहित यन्त्रमा अन्य नयाँ डिजाइन पक्षहरूसँग संयोजन गर्दा डिभाईसलाई कम्तिमा पनि परिवर्तनले नवीनतम मोडेलको रूपमा ‘इन्सटेन्ट्ली रिकग्नाईजेवल’ बनाउने बताइएको छ।

एप्पलले आईफोन १३ लाइनअपको साथ पछाडिको क्यामराको लागि डाईग्नल्ली-अरेन्ज्ड सेन्सर सेटअपमा स्विच गरेको तथा हालको जेनरेशन आईफोन १४ श्रृंखला मोडेलहरूमा पनि सोही डिजाइन पाईन्छ।

एप्पलले आईफोन १६ र १६ प्लसमा ठाडो-पङ्क्तिबद्ध क्यामरा सेन्सरहरू राख्ने अपेक्षा गरिएको छ, तथा लाइनअपमा प्रो श्रृंखला मोडेलहरू डाईग्नल्ली- अरेन्ज्ड सेन्सरहरूसँग जारी रहने पनि अपेक्षा गरिएको बताइएको छ।

telecom
easy care

प्रकाशित: १० जेष्ठ २०८०, बुधबार