फेसबुकको मालिकलाई डाटाको गलत प्रयोग गरेको आरोपमा १.२ अर्ब यूरो जरिवाना

Technology Khabar ९ जेष्ठ २०८०, मंगलवार

फेसबुकको मालिकलाई डाटाको गलत प्रयोग गरेको आरोपमा १.२ अर्ब यूरो जरिवाना

काठमाडौं ।

मेटालाई अहिलेसम्मकै ठूलो जरिवाना गरिएको छ। इन्स्टाग्राम–फेसबुक प्रयोगकर्ताको डाटा अमेरिकामा ट्रान्सफर गरेको आरोपमा युरोपेली संघले कम्पनीलाई १ अर्ब २ करोड युरो जरिवाना गरेको छ। यसअघि पनि सामाजिक सञ्जाल कम्पनी मेटालाई पटकपटक जरिवाना लगाइएको थियो।

वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेअनुसार कम्पनीलाई डाटा ट्रान्सफर रोक्नको लागि समयसीमा दिइएको थियो तर कम्पनीले रोक्न सकेन। यसैले मेटालाई जरिवाना र डाटा ट्रान्सफर रोक्न पाँच महिनाको समय दिइएको छ। साथै, अमेरिकामा ट्रान्सफर गरिएको डाटालाई गलत तरिकाले भण्डारण गर्नबाट रोक्न ६ महिनाको समयसीमा दिइएको छ।

उता मेटाले यसमा अपिल गर्ने बताएको छ। कम्पनीले भनेको छ,”हामी ईयूको निर्णय विरुद्ध पुनरावेदन गर्नेछौं र अदालतमार्फत आदेशलाई रोक्न माग गर्नेछौं। कम्पनीले यो निर्णय सहि र एकतर्फी नभएको बताएको छ। यसले कम्पनीहरूलाई ठूलो समस्या निम्त्याउन सक्छ।”

यस वर्षको जनवरीमा, मेटालाई आयरल्यान्डले ईयू डाटा नियमहरू उल्लङ्घन गरेकोमा ५५ लाख यूरो जरिवाना गरेको थियो। यसअघि डिसेम्बरमा पनि सोही नियमको पालना नगरेको भन्दै मेटालाई ३९ करोड युरो जरिवाना गरिएको थियो।

आयरल्याण्डको डाटा संरक्षण आयोग (डीपीसी) द्वारा जारी गरिएको, यो इयूको सामान्य डाटा संरक्षण नियमन गोपनीयता कानून अन्तर्गत लगाइएको सबैभन्दा ठूलो जरिवाना भएको बीबीसीले रिपोर्ट गरेको छ।

कम्पनीहरूले ईयू बाहिर प्रयोगकर्ता डाटा स्थानान्तरण गर्न जीडीपीआर नियमहरूको निर्देशन पालन गर्नुपर्छ।

Global Bank
easy care

प्रकाशित: ९ जेष्ठ २०८०, मंगलवार