सामसङको फोरके मिनी एलईडी डिस्प्लेयुक्त नयाँ ९८ इन्चको क्यू ८०जेड टिभी सार्वजनिक

Technology Khabar ९ जेष्ठ २०८०, मंगलवार

सामसङको फोरके मिनी एलईडी डिस्प्लेयुक्त नयाँ ९८ इन्चको क्यू ८०जेड टिभी सार्वजनिक

काठमाडौं ।

सामसङले आफ्नो उत्पादन लाइन विस्तार गरिरहेको छ। कम्पनीले पहिले नै स्मार्टफोन बजारमा आफ्नो नेतृत्व कायम गरिसकेको र अब अन्य क्षेत्रहरूमा पनि अग्रणी हुन चाहेको उल्लेख गरिएको छ। यी क्षेत्रहरू मध्येको एक स्मार्ट टिभी बजार हो

सामसङले भर्खरै भारतमा फोरके आईस्मार्ट २०२३ मोडेल जारी गरेको थियो भने कम्पनीले अब नयाँ ९८–इन्च क्यू८०जेड टिभी लन्च गरेको छ।

सामसङले क्यू८०जेड नामक आफ्नो नयाँ टेलिभिजन अफरिङ्ग अनावरण गरेको छ। टिभीमा प्रभावशाली ९८ इन्चको स्क्रिन साइज फिचर गरिएको छ भने अहिले प्रि–अर्डरको लागि पनि उपलब्ध भएको बताइएको छ। साथै प्रि–अर्डर गर्ने ग्राहकहरूले एचडब्ल्यू–क्यू९९बी साउन्डबार, ५५–इन्चको नियो क्यूएलईडी टिभी वा ग्यालेक्सी जेड फ्लिप ४ स्मार्टफोन मध्य एउटा निःशुल्क उपहार छनोट गर्न सक्ने विकल्प प्रदान गरिएको छ। त्यसैगरी ग्राहकहरूले टेन्सेन्ट भिडियो भीआईपी वार्षिक सदस्यता थप रूपमा प्राप्त गर्ने उल्लेख गरिएको छ।

क्यू८०जेड सामसङको सबैभन्दा ठूलो क्यूएलईडी टिभी भएको यसमा अघिल्लो मोडलहरूमा भन्दा धेरै सुधारहरू गरिएको बताइएको छ। यस टिभीमा प्रयोग गरिएको नयाँ क्वान्टम म्याट्रिक्स प्रो डिस्प्ले सबैभन्दा उल्लेखनीय सुधार भएको उल्लेख छ। यस डिस्प्लेले गहिरो कालो (डिपर ब्ल्याक) र उज्यालो सेतो (ब्राइटर ह्वाइट्स) उत्पादन गर्नका लागि भनेर मिनी–एलईडी ब्याकलाइटिङ प्रयोग गर्ने बताइएको छ। टिभीमा फिचर गरिएको नयाँ एआई प्रोसेसरले ईमेज क्वालिटि (तस्विरको गुणस्तर) र लोअर रिजोल्युसन कन्टेन्टलाई बढाउने छ।

क्यू८०जेड मा प्रभावशाली पिक्चर क्वालिटी मात्र नभएर उत्कृष्ट साउण्ड पर्फमेन्स पनि प्रदान गर्ने बताइएको छ। यस नयाँ टिभी ४.२.२–च्यानल स्पिकर स्सिटम (प्रणाली) सँग सुसज्जित रहेको र यसले पावरफुल (शक्तिशाली), इमर्सिभ अडियो प्रदान गर्ने बताइएको छ। त्यसैगरी साउन्ड सिस्टम डल्बी एटमस र डीटीएसः एक्स सराउन्ड साउन्ड फरम्याट्स (ढाँचाहरू) सँग पनि उपयुक्त हुने उल्लेख छ। टिभी अहिले प्रि–अर्डरको लागि उपलब्ध भएको र यो आगामी जुन १ मा स्टोरहरूमा रिलिज हुनेछ।

easy care

प्रकाशित: ९ जेष्ठ २०८०, मंगलवार