सामसङको अत्याधुनिक निओ क्युएलईडी ८के टिभी सार्वजनिक

Technology Khabar १९ बैशाख २०८०, मंगलवार

सामसङको अत्याधुनिक निओ क्युएलईडी ८के टिभी सार्वजनिक

काठमाडौं ।

सामसङले मार्चमहिनामा अत्याधुनिक निओ क्युएलईडि ८के टिभी चीन तथा अन्य विभिन्न क्षेत्रहरुमा लन्च गरेको बताईएको छ। उक्त टिभीलाई जर्मन एभि म्यागाजिनले ‘ बेष्ट टिभी अफ अल टाइम’ अवार्ड दिएको उल्लेख गरिएको छ।

यसैगरी कम्पनीले छिमेकी भारतमा पनि टिभीको लागि प्रि अर्डर पनि खोलेको र प्रि अर्डर विकल्प सामसङको आधिकारिक वेबसाइटका साथै अमेजन र फ्लिपकार्ट जस्ता लोकप्रिय इ कमर्स प्लेटफर्महरु तथा आधिकारिक सामसङ खुद्रा स्टोरहरुमा उपलब्ध रहेको बताइएको छ।

सामसङ निओ क्युएलइडि ८ के टिभी अत्याधुनिक टेलिभिजन रहेको तथा अनुपम दृश्य अनुभव गर्न डिजाइन गरिएको उक्त टिभीमा ७५/६५ इन्चको डिस्प्ले रहेको छ। उक्त डिस्प्ले पेन्टोनद्वारा प्रमाणित गरिएको विश्वको पहिलो डिस्प्ले रहेको दाबी छ। म्याट्रिक्स टेक्नोलोजी रहेको उक्त डिस्प्लेले अल्ट्रा फास्ट कन्ट्रास्ट र इमर्सिभ अवलोकन अनुभव प्रदान गर्ने पनि बताइएको छ।

ब्युल्ट इन आइओ टि हब जसले स्मार्ट उपकरणहरुलाई सहज रुपमा जडान गर्ने निओ क्युएलइडि ८ के टिभी एक अद्वितीय विशेषता बताइएको छ ।

टिभीले अपनाएको नयाँ क्युएलईडि प्यानलले नवीनतम क्वान्टम म्याट्रिक्स टेक्नोलोजी प्रो डिस्प्ले प्रणाली प्रयोग गरि परम्परागत क्वान्टम डट म्याट्रिक्स प्रविधिको तुलनामा ९.५ गुणा ठूलो ब्राइट्नेस हुने उल्लेख गरिएको छ।

telecom
easy care

प्रकाशित: १९ बैशाख २०८०, मंगलवार