एप्पलको आईओएस भन्दा राम्रो प्रणाली निर्माण गर्ने अनरका सीईओको भनाई

Technology Khabar १८ बैशाख २०८०, सोमबार

एप्पलको आईओएस भन्दा राम्रो प्रणाली निर्माण गर्ने अनरका सीईओको भनाई

काठमाडौं ।

अनरको शेन्जेन स्थित आफ्नो आरएन्डडी सेन्टरमा आयोजना गरिएको एक (अनर इभेन्ट) कार्यक्रमका क्रममा कम्पनीका सीईओले एप्पलको आईओएसलाई लक्षित गर्दै महत्वाकांक्षी योजनाहरू बनाएको बताएका छन्।

२०२२ मा कम्पनीको कुल राजस्वको १० प्रतिशत अनरको आरएन्डडी खर्च गरेको हुनाले म्याजीकओएसको भविष्यप्रति धेरै आशावादी हुनुको मुख्य कारण भएको उनले थप बताएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

अनरका सीईओ झाओ मिङले म्याजीक ५ सिरिज सहितका अन्य एन्ड्रोइड स्मार्टफोनहरूको तुलनामा एप्पलका स्मार्टफोनहरूमा इन्फेरियर हार्डवेयर, (आउटडेटेड डिजाइन) पुरानो डिजाइन, ब्याड रिसेप्शन र कमजोर ब्याट्री लाइफ रहेको औंल्याएका छन्। यद्यपी आईओएस र यसले प्रदान गर्ने इकोसिस्टमको कारणले मानिसहरू प्रायः एप्पलमा पुग्ने गरेको उल्लेख गरिएको छ।

एप्पलको आईओएस आफ्नो तरिकामा प्रवाहित (फ्लुयन्ट), भरपर्दो (रिलायबल) र शक्तिशाली (पावरफूल) भएको र एप्पलको यस तथ्यहरुलाई अस्वीकार गर्न नमिल्ने भएकाले अनरले पनि आफ्नो भविष्यको म्याजीकओएस पुनरावृत्तिहरूसँगै यस सन्दर्भमा प्रतिस्पर्धा गर्ने प्रयास गर्ने उललेख गरिएको छ।

फर्मले एक समृद्ध इकोसिस्टम निर्माण गर्नमा पनि थप ध्यान केन्द्रित गर्ने र यसले एप्पललाई मात्र नभएर आफ्नो अघिल्लो साझेदार ह्वावेको हारमोनी ओएसलाई पनि चुनौती दिन सक्ने उल्लेख गरिएको छ।

Global Bank
easy care

प्रकाशित: १८ बैशाख २०८०, सोमबार