एलजीको ‘सुपरस्लिम’ ग्राम ल्यापटप लन्च

Technology Khabar १५ बैशाख २०८०, शुक्रबार

एलजीको ‘सुपरस्लिम’ ग्राम ल्यापटप लन्च

काठमाडौं ।

एलजीले आधिकारिक रूपमा सुपरस्लिम ल्यापटप लन्च गरेको छ। कम्पनी अनुसार उक्त नयाँ  ल्यापटप “सबैभन्दा पातलो एलजी ग्राम” भएको बताएको छ। यस नयाँ सुपरस्लिम ल्यापटप ४३ इन्च मोटो र दुई पाउण्ड तौल भएको र यो विज्ञापनको हाइपरबोल मात्र नभएको थप उल्लेख गरिएको छ। साथै यसले निश्चित रूपमा ल्यापटपलाई अल्ट्रा–पोर्टेबलको दायरामा राख्ने बताइएको छ। २०२२ म्याकबुक एयरसँग तुलना गरि हर्ने हो भने म्याकबुक एयर ०.४४ इन्च मोटो र तौल २.७ पाउण्ड रहेको भनी इनग्याजेटमा उल्लेख गरिएको छ।

ल्यापटपलाई पहिलो पटक यस वर्षको सीईएसमा टिज गरिएको थियो र त्यस समयमा यसलाई अल्ट्रास्लिम भनिने गरिएको उल्लेख गरिएको छ। यद्यपी मूल घोषणा पछि ल्यापटपको नाम बाहेक धेरै परिवर्तन नभएको बताइएको छ। इन्टेल इभो १३ जेन प्रोसेसर र इन्टेल आइरिस एक्सई जीपीयूका साथै सुपरस्लिममा राम्रो स्पेक्स रहेको छ। ल्यापटपमा १५.६–इन्च एन्टि–ग्लेयर ओएलईडी डिस्प्ले रहनुका साथै एलजीले १०० प्रतिशत डीसीआई–पी३३ कलर गामट र भीईएसए डिस्प्ले एचडीआर ट्रु ब्ल्याक इन्टिग्रेसनलाई टाउट गरेको छ। त्यसैगरी एप्पलले निकट भविष्यमा आफ्नै १५ इन्चको अल्ट्रा–पोर्टेबल ल्यापटप लन्च गर्ने अफवाह पनि रहेको उल्लेख गरिएको छ।

एलजीको अनुसार सुपरस्लिमले सैन्य–ग्रेड स्थायित्व सुनिश्चित गर्नको लागि सातवटा परीक्षणहरू पास गरेको बताएको छ। अघिल्लो ग्राम ल्यापटपहरूमा लचिलोपन र गुणस्तर निर्माणमा केही समस्याहरू देखा परेको हुनाले परीक्षणहरू पास गर्नु राम्रो कुरा भएको उल्लेख गरिएको छ। अन्य स्ट्यान्डआउट फिचरहरूमा अघिल्लो ग्राम ल्यापटपहरू भन्दा बढी कम्प्याक्ट पावर एडाप्टर, इन्टिग्रेटेड माइक्रोफोनको साथमा पूर्ण एचडी क्यामेरा र यूएसबी–सी पोर्टहरूको ट्रायो समावेश रहेको र त्यसमध्ये दुईवटा थन्डरबोल्ट ४ कनेक्सन्सलाई समर्थन गर्ने बताइएको छ।

यो नयाँ ल्यापटप दुई एसकेयू मा उपलब्ध भएको र १६जीबी र्याम र ५१२जीबी एसएसडीको मूलय १,७०० डलर रहेको बताइएको छ। साथै ३२जीबी र्याम र २टीबी एसएसडी भएको मोडलको मूल्य २,००० डलर रहेको बताइएको छ। त्यसैगरी एलजीले बोनसको रूपमा आगामी मे १४ सम्म प्रत्येक खरिदसँग निःशुल्क ग्राम + भ्यू पोर्टेबल मनिटर उपलब्ध गराउने भएको छ।

easy care

प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार

ताजा समाचार