नवीनतम लेनोभो लिजन वाई९०० ट्याब्लेट गिजटपमा उपलब्ध

Technology Khabar ३ बैशाख २०८०, आईतवार

नवीनतम लेनोभो लिजन वाई९०० ट्याब्लेट गिजटपमा उपलब्ध
Global IME Bank

काठमाडौं ।

लेनोभो लिजन वाई९०० फ्ल्यागशिप ट्याब्लेट अब खरिदका लागि उपलब्ध भएको छ। लेनोभोको यस नवीनतम गेमिङ ट्याब्लेटको मूल्य ७९९अमेरिकी डलर रहेको र गिजटपमा मात्र किन्न सकिने छ।

लिजन वाई९०० ट्याब्लेटमा टियूभी राइनल्याण्ड सर्टिफाइड (प्रमाणित) विशाल १४.५ इन्चको ३के ओएलईडी स्क्रिन रहेको र यसले १२० हर्ज रिफ्रेस रेटलाई समर्थन गर्ने बताइएको छ। साथै डिस्प्ले डल्बी भिजन, पिडब्लुएम डिमिङ र ५०० निट्स ब्राइटनेससहित आउने बताइएको छ।

एमटीके डाइमेन्सिटी ९००० अक्टा–कोर प्रोसेसर द्वारा संचालित लेनोभोको यस नवीनतम गेमिङ ट्याब्लेट १२ जीबी एलपीडीडीआर५ र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज (आन्तरिक भण्डारण)का साथ आउने बताइएको छ।

ट्याब्लेटमा तस्विर र भिडियो खिच्न र आमनेसामने च्याट र भिडियो कलहरू गर्नको लागि भनेर डुअल १३ मेगापिक्सेल र ५ मेगापिक्सेलको रियर क्यामराको साथै १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश गरिएको छ। साथै परिष्कृत सुरक्षाका लागि लिजन वाई९०० मा फेस आइडी अनलक फिचर पनि रहेको उल्लेख गरिएको छ।

लेनोभो लिजन वाई९०० ट्याब्लेटमा ठूलो १२३०० एमएएच ब्याट्री रहेको र यसले ६८ वाटको फास्ट चार्जिङलाई समर्थन गर्नेछ। साथै इमर्सिभ गेमिङ र भिडियो एक्सपिरियन्स (अनुभव) को आनन्द लिनको लागि भनेर ट्याब्लेटमा ४ओटा जेबीएल ट्वीटरहरू र ४ ओटा एचजेबीएल अल्ट्रा–लिनियर वुफरहरू समावेश गरिएको र जुन डल्बी एटमसद्वारा समर्थित रहेको बताइएको छ।

एन्ड्रोइड १३ ओएस–आधारित जेडयूआईमा चल्ने ट्याब्लेटले नयाँ प्रयोगकर्ता अनुभव र एडभान्स्ड मल्टिटास्किङ अप्सन प्रदान गर्ने बताइएको छ।

Sajilo Visa

प्रकाशित: ३ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार