Technology Khabar २७ चैत्र २०७९, सोमबार
काठमाडौं ।
विश्वव्यापी पर्सनल कम्प्युटर (पीसी) को ढुवानीमा भारी गिरावट देखिएको छ। २०२३ को पहिलो क्वाटरमा पीसीको विश्वव्यापी ढुवानी २९ प्रतिशतले घटेको छ।
कमजोर माग, अत्याधिक स्टकक र बिग्रदो आर्थिक अवस्थाका कारण पीसीको ढुवानी घटेको बजार अनुसन्धान फर्म आईडीसीले जनाएको छ।
घट्दो ढुवानीको सबैभन्दा ठूलो मार एप्पलले खेपेको छ।
आईतबार प्रकाशित आईडीसीको प्रतिवेदन अनुसार २०२३ को पहिलो त्रैमासिकमा विश्वव्यापी पीसी ढुवानी ५६.९ मिलियन यूनिट छ भने २०२२ को सोही अवधिमा ८०.२ मिलियन यूनिट रहेको थियो।
२०२२ को अन्तिम त्रैमासिकमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा पीसी ढुवानी २८.१ प्रतिशतले घटेको थियो।
२०२२ को तुलनामा २०२३ को पहिलो क्वाटरमा पीसी ढुवानीमा सबैभन्दा ठूलो गिरावट एप्पलको रहेको छ। एप्पलको ढुवानी ४०.५ प्रतिशत, डेलको ढुवानी ३१ प्रतिशतले घटेको छ। यस्तै ढुवानीमा संकुचनको सामना गर्ने कम्पनी लेनोभो तेस्रो, आसुसटेक चौथो र एचपी पाँचौ स्थानमा छन्।
प्रकाशित: २७ चैत्र २०७९, सोमबार