Technology Khabar २४ चैत्र २०७९, शुक्रबार
काठमाडौं ।
बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छन्।
टेकु स्थित अम्बे कम्प्लेक्समा रहेको इन वान कम्पनीकै कार्यालयमा बिहीबार कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र नायिका कार्कीले औपचारिक रूपमा ब्रान्ड एम्बेस्डर अनुबन्ध भएको सम्झौतामा हस्ताक्षर गरेका थिए।
उक्त कम्पनीको बेन्को ब्रान्डको फोनलाई बिगत ५ बर्ष देखि नेपाल स्थित अम्बे मोबाइल्सले बिक्रीबितरण गर्दै आइरहेको छ। बेन्को ब्रान्ड बजारको प्रतिस्पर्धी ब्रान्ड मध्ये धेरै फिचर भएको सुपथ मुल्यमा उपलब्ध ब्रान्ड भएको कम्पनीको दाबी छ।
नायिका कार्की १ बर्षलाई अनुबन्धित भए संगै फोनको सेल्स बढ्ने अपेक्षा कम्पनी रहेको जारी बिज्ञप्तीमा जनाइएको छ।
यसैगरी कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्ट फोन मोडल बेन्को एस वान लन्च गर्न लागेको जनाएको छ ।
प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार