ओपो ए१ फाइभजी सार्वजनिक

Technology Khabar २२ चैत्र २०७९, बुधबार

ओपो ए१ फाइभजी सार्वजनिक

काठमाडौं ।

चाइना टेलिकमले आफ्नो वेबसाइटमा ओपो ब्रान्डको नयाँ मिडरेन्ज डिभाइस ओपो ए१ फाइभजीको बारेमा विस्तृत सूची साझा गरेको छ। उक्त सूचीमा फोनको मुख्य विशेषताहरूका साथै मूल्य निर्धारणको बारेमा पनि उल्लेख गरिएको छ।

ओपो ए१ फाइभजीमा एफएचडी प्लस प्लस रिजोल्युसनको ६.७२ इन्चको आईपीएस एलसीडी र ८ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामराको लागि पंच होल कटआउट रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

फोनको पछाडिको भागमा ५० मेगापिक्सेलको मुख्य क्यामरा र २ मेगापिक्सेलको डेफ्थ युनिट रहेको छ। त्यसैगरी फोनमा स्न्यापड्रागन ६९५ चिपसेटको साथमा ८/१२जीबी र्याम र २५६जीबी स्टोरेज समावेश गरिएको छ। फोनमा ५,००० एमएएच ब्याट्री रहेको उल्लेख गरिएको छ।

साथै सफ्टवेयर फ्रन्ट एन्ड्रोइड १३ द्वारा कभर गरिएको र कलर ओएस१३ समावेश रहेको सम्भावना रहेको बताइएको छ। फोनमा आईआर पोर्ट र हेडफोन ज्याक र साइड माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरिएको बताइएको छ।

ओपो ए१ फाइभजी क्याबरनेट ओरेन्ज, ओशन ब्लू र स्यान्डस्टोन ब्लयाक गरि तीन भिन्न रङ्गहरुमा उपलब्ध भएको उलेख गरिएको छ। ८/२५६जीबी मोडलको मूल्य २,०९९ युआन (३०५ अमेरिकी डलर) र १२/२५६जीबी मोडलको मूल्य भने २,२९९ (३३४ डलर) हुने बताइएको छ।

telecom
easy care

प्रकाशित: २२ चैत्र २०७९, बुधबार