Technology Khabar ६ चैत्र २०७९, सोमबार
काठमाडौं ।
गुगलले सामसङ माथि गम्भिर आरोप लगाएको छ। गुगलको प्रोजेक्ट जीरो सेक्यूरिटी रिसर्च टिमले सामसङ एक्जिनोस चिपसेटमा १८ सेक्यूरिटी खराबी भेटाएको छ। सामसङको एक्जिनोस चिपसेट प्रयोग मोबाइल डिभाइस, स्मार्टवाच र कारमा ह्याक हुन सक्ने उच्च जोखिममा रहेको गुगलको प्रोजेक्ट जीरोले बताएको हो।
गुगल रिसर्च टिका अनुसार एक्जिनोस प्रोसेसरमा रहेको १८ कमजोरीको फाइदा उठाएर फोन रिमोटली कन्ट्रोल गर्न सकिने र साइबर अपराधमा पनि प्रयोग हुन सक्छ। प्रोजेक्ट जीरो टिमका प्रमुख टिम विलिसले भने कि कम्पनीद्वारा गरिएको परीक्षणमा१८ मध्ये ४ कमजोरी ह्याकर्सले फाइदा उठाउन सक्ने पत्ता लागेको बताएका हुन्। र कुनै पनि डिभाइसलाई टाढाबाट कन्ट्रोग गर्न सकिन्छ।
रिपोर्टका अनुसार अन्य १४ कमजोरी त्यती खतरनाक छैन। किनकी यसबाट फोन ह्याक गर्नका लागि कुनै शंकास्पद मोबाइल नेटवर्कको आवश्यक पर्छ। एक्जिनोस चिपसेटको बग सामसङ एस२२, एम३३, एम१२, ए७१, एक५३, ए२१एस, ए१३, ए१२ र एओ४ सिरिजको फोन प्रभावित हुन्छन्।
यसका साथै भिभोको एस१६, एस१५, एस६, एक्स७०, एक्स६० र एक्स३० सिरिज पनि खतरा छ। यस्तै गुगल पिक्सेल ६ र पिक्सेल ७ सिरिजको फोन पनि ह्याकर्सको निशानामा छ। एक्जिनोस अटो टी५१२३ चिपसेट प्रयोग गरिएको कारलाई पनि ह्याक गर्न सकिने सम्भावना छ। यस बगबाट बच्नका लागि फोनको वाईफाई कलिङ र भीओएलटीई सेवा बन्द गर्नु पर्ने दभर्जले उल्लेख गरेको छ।
प्रकाशित: ६ चैत्र २०७९, सोमबार