काठमाडौं उपत्यकामा मोबाइल सेवा गुणस्तरहीनः दूरसञ्चार प्राधिकरणको रिपोर्ट

  • Technology Khabar | २३ फाल्गुन २०७९, मंगलवार
काठमाडौं उपत्यकामा मोबाइल सेवा गुणस्तरहीनः दूरसञ्चार प्राधिकरणको रिपोर्ट

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणकले हालै काठमाडौं उपत्यकामा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) मा सञ्चालनमा रहेका तीन ओटै दूरसञ्चार सेवा प्रदायकको सेवा स्तरहीन देखिएको छ।

प्राधिकरणले गत माघ २० देखि २४ गतेसम्म गरेको उक्त ड्राइभ टेस्टमा नेपाल टेलिकम, एनसेल तथा स्मार्ट टेलिकमका मोबाइल सेवाहरुको गुणस्तर मापन गरिएको थियो।

काठमाडौंको ग्वार्को, कोटेश्वर, पुरानो सिनामंगल, नयाँ बस्ती बौद्ध, चाबहिल, गौशला, सिफल, मैतिदेवी, हाँडीगाउँ, कपन, धुम्बाराही, बरफेदी, भंगाल, हात्तीगौडा, बुढानिलकण्ठ तथा सो क्षेत्रका सडकमार्गहरुमा ड्राईभ टेस्ट गरिएको प्राधिकरणले जानकारी दिएको छ।

चलायमान सवारी साधनमा जडान गरिएको परीक्षण उपकरणद्वारा लगातार फोन कल तथा डाटा प्रयोग गरेर मोबाइल सेवाको मुख्य मुख्य सेवा मानकहरुको परीक्षण गरिएको थियो।

सेवा प्रदायकको आफ्नै नेटवर्कभित्र १२० सेकेन्ड लोकल कल गरेर उक्त परीक्षण गरिएको थियो।

काठमाडौं उपत्यकाको कुनै एक निश्चित ठाउँमा उपलब्ध सबै सेवा प्रदायकहरुको गुणस्तर मापन समानान्तररुपमा एकैपटक गरिएको हो।

यस प्रक्रियामा फोरजी/थ्रीजी/टूजी मध्ये सबैभन्दा अनुकूल नेटवर्क स्वचालितरुपमा छनोट हुने गरी उपकरणमा व्यवस्था गरिएको प्राधिकरणले रिपोर्टमा उल्लेख गरेको छ।

प्राधिकरणले तोकेको भ्वाइस सेवाको गुणस्तरका कल सेटअप सक्सेस रेट, कल सेटअप टाइम, कल ब्लक रेट तथा कल ड्रप रेटका मानकमध्ये एउटामा एनसेलले मापदण्ड पूरा गर्न सकेको देखिन्छ भने बाँकी सबै शीर्षकमा एनसेल, नेपाल टेलिकम तथा स्मार्ट टेलिकमको सेवा मापदण्डमा तोकिएको भन्दा निकै कमजोर भएको परीक्षणले देखाएको छ।

यस्तो छ विवरण:

नेपाल टेलिकमएनसेलस्मार्ट टेलिकममापदण्ड
कल सेटअप सक्सेस रेट८८.७८९३.६९२६.३९९९.९९%
कल सेटअप टाइम६.९७५.१८११.९३५ सेकेन्ड
कल ब्लक रेट११.२१६.३७३.६२ %
कल ड्रप रेट२ %

 

प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २३ फाल्गुन २०७९, मंगलवार