
काठमाडौं ।
आजको इन्टरनेट संसारमा, वाइफाइ राउटर एक आवश्यक उपकरण भएको छ। योबिना स्मार्ट घरको कल्पना गर्न सकिँदैन। यसका साथसाथै अफिसको काममा पनि वाईफाईको प्रयोग गरिन्छ। वाईवाईले एकै समयमा धेरै डिभाइसहरूलाई इन्टरनेटमा जडान गर्दछ। तर, घर वा अफिसमा वाइफाइ इन्स्टल गरिसकेपछि वाइफाइ राउटरले कति पावर खपत गर्छ भन्नेमा खासगरी दिनरात प्रयोग भइरहँदा मानिसहरू चिन्तित हुन्छन्।
यहाँ, हामी नेपालमा लगातार प्रयोग गर्दा वाईफाई राउटरले कति पावर खपत गर्छ भन्ने जानकारी दिने प्रयास गर्नेछौं।
वाइफाइ राउटर पावर खपत
वाइफाइ राउटरको पावर खपत यसको स्पेशिफिकेसन, उपयोग समय र अन्य कारकहरूमा निर्भर गर्दछ। सामान्यतया, वाईफाई राउटरले यसको बिजुली मूल्याङ्कन र उपयोग ढाँचाको आधारमा प्रति घण्टा ६ देखि २० वाट पावर खपत गर्छ। अब वाइफाइ राउटरले एक दिनमा कति पावर खपत गर्छ भनेर पत्ता लगाउन, हामीले यसको घण्टाको पावर खपत र कति घण्टा प्रयोग गरेको छ भनेर पत्ता लगाउनु आवश्यक छ।
मानौं कि राउटरले औसत १० वाट प्रतिघण्टा विद्युत खपत गर्छ र दिनको २४ घन्टा नै लगातार प्रयोग गरिन्छ। त्यसले प्रति दिन राउटरको कुल ऊर्जा खपत हुनेछ।
प्रति घण्टा बिजुली खपत x प्रति दिन प्रयोग हुने घण्टाको संख्या = प्रति दिन ऊर्जा खपत
१० वाट x २४ घण्टा बराबर २४० वाटघन्टा उर्जा खपत वा प्रयोग
यसको मतलब यदि तपाइँ आफ्नो वाइफाइ राउटर लगातार २४ घण्टा प्रयोग गर्नुहुन्छ भने, यसले प्रति दिन २४० वाटआवर उर्जा खपत गर्न सक्छ।
कति होला राउटर २४ सै घण्टा चलाउँदा बत्तीको बिल
वाइफाइ राउटरको मासिक पावर खपत गणना गर्न, हामीले दैनिक खपतलाई एक महिनामा हुने दिनहरूको संख्या अर्थात् ३० दिनले गुणन गर्नुपर्छ।
प्रति दिन खपत हुने ऊर्जा x महिनामा दिनहरूको संख्या=प्रति महिना खपत गरिएको ऊर्जा
२४० वाट आवर x ३० दिन = ७२०० वाट आवर वा ७.२ किलोवाट आवर (एक हजार वाट बराबर १ किलोवाट)
यसको अर्थ यदि तपाईँले आफ्नो वाइफाइ राउटर एक महिनासम्म लगातार प्रयोग गर्नुभयो भने, यसले लगभग ७.२ किलोवाट आवर बिजुली खपत गर्न सक्छ। नेपालमा बिजुलीको लागत निश्चित तोकिएको छ। जसअनुसार बिजुलीको महशुल प्रति किलोवाट घण्टा अर्थात प्रति युनिटको ४ रुपैयाँदेखि अधिकतम ११ रुपैयाँसम्म छ।
र मानौं औसत बिजुलीको लागत प्रति किलोवाट वा प्रति युनिट ८ रुपैयाँ छ भने ७.२ किलोवाट घण्टा x रु.८ = ५७.६०* रुपैयाँ हुन्छ।
यसको मतलब तपाईले आफ्नो वाइफाइ राउटर लगातार एक महिनासम्म प्रयोग गर्नुभयो भने तपाईँको लागि यसको विद्युत लागत लगभग रु.५७.६० हुन सक्छ।
* संख्या गलत भएकोमा सच्याईएको छ।
प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार