एनसेलले सरकारलाई भन्यो- ‘फाइभजी परीक्षणको अनुमति देउ, निश्चित समयभित्रै ल्याउन सक्छौँ’

  • Technology Khabar | ११ फाल्गुन २०७९, बिहीबार
एनसेलले सरकारलाई भन्यो- ‘फाइभजी परीक्षणको अनुमति देउ, निश्चित समयभित्रै ल्याउन सक्छौँ’
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले आफूहरुलाई फाइभजी परीक्षणको अनुमति नदिएकोमा असन्तुष्टि व्यक्त गर्दै आफ्नो फाइभजीको निवेदनमा गंभिर हुन सरकासँग आग्रह गरेको छ। बिहीबार काठमाडौंमा प्रविधि पत्रकार मञ्च (टीजेएफ) द्वारा आयोजित कार्यक्रममा एनसेलका प्रतिनिधिले फाइभजी सेवा परीक्षणको अनुमति दिँदा विभेद गरिएको गुनासो समेत गरे।

कार्यक्रममा एनसेल आजियाटाका प्रमुख सूचना अधिकृत (सीआईओ) विशाल उपाध्यायले फाइभजीको परीक्षणमा भएको ढिलाइ र एनसेललाई प्राथमिकता नदिँदा दूरसञ्चार विकासको सन्दर्भमा हामी २००० को प्रारम्भिक युगमा फर्कने अबस्था आएको तर्क गरे।

‘सरकारले हाम्रो फाइभजीको अनुरोधलाई गम्भिरताका साथ हेर्नुपर्छ र हामी (आजियाटा) सँग अन्य पाँच ओटा बजारमा काम गरेको अनुभव भएकाले अवसर पाएमा निश्चित समयभित्रै फाइभजी ल्याउन सक्नेछौँ,’ उनले भने।

त्यसैगरी नेपाली उपभोक्ताको आम्दानीलाई ध्यानमा राखी महसुल घटाउने सरकारको नीति तथा सुविधाको चर्चा गर्दै उनले फ्रिक्वेन्सी शुल्कका आधारमा सेवा शुल्क निर्धारण गर्न पनि सरकारले विचार गर्नुपर्ने बताए।

नेपालमा चर्को कर तिर्ने क्षेत्रका रूपमा दूरसञ्चार सेवालाई चिनिन्छ।

यसका साथै उपाध्यायले नेपालको सन्दर्भमा फाइभजीलाई मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार, शिक्षा र मनोरञ्जन क्षेत्रमा प्रयोग गर्न सकिने संभावना समेत औंल्याएका थिए।

एनसेलले यसअघि नै सरकार समक्ष नेपाल दूरसञ्चार प्राधिकरणमार्फत फाइभजी परीक्षण गर्न दिनका लागि अनुरोध गरिसकेको छ। तर सरकारले लामो अवधि बितिसक्दा पनि उक्त निवेदनमा सुनुवाई गरेको छैन्।

उता फाइभजी परीक्षणको अनुमति पाएको सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने बल्ल प्राविधिक परीक्षणको काम शुरु गरेको बताएको छ।

प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ११ फाल्गुन २०७९, बिहीबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ११ फाल्गुन २०७९, बिहीबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ११ फाल्गुन २०७९, बिहीबार