दक्षिण कोरियाले विश्वकै पहिलो सिक्सजी नेटवर्क २०२८ मा लन्च गर्ने अपेक्षा

  • Technology Khabar | ९ फाल्गुन २०७९, मंगलवार
दक्षिण कोरियाले विश्वकै पहिलो सिक्सजी नेटवर्क २०२८ मा लन्च गर्ने अपेक्षा

काठमाडौं ।

दक्षिण कोरियाले आफ्नो नियमित तालिका भन्दा २ वर्ष अगाडि नै आफ्नै सिक्सजी नेटवर्क लन्च गर्ने घोषणा गरेको छ। विश्वस्तरीय प्रविधि र उन्नत सफ्टवेयरमा आधारित नेक्स्टजेन मोबाइल नेटवर्कहरू प्रयोग गरी आफ्नो नेटवर्क आपूर्ति श्रृंखलाहरूलाई सुदृढ गर्दै दक्षिण कोरियाले आफ्नै ६जी नेटवर्क सुरु गर्ने भएको कोरियाली विज्ञान तथा आईसीटी मन्त्रालयले घोषणा गरेको हो।

दक्षिण कोरियाली सरकारले आफ्नो सिक्सजी नेटवर्कको विकासका लागि स्थानीय कम्पनीहरूलाई सामग्री, कम्पोनेन्ट र उपकरण उत्पादन गर्न प्रोत्साहन गर्ने बताइएको छ। साथै उक्त नेटवर्कलाई समर्थन गर्न आफ्नो आपूर्ति श्रृंखलालाई बलियो बनाउने योजना पनि बनाएको उल्लेख गरिएको छ।

त्यसैगरी कोर ६जी प्रविधिको अनुसन्धान गर्ने सम्भाव्यता अध्ययन पनि यसअघि देखि चलिरहेको बताइएको छ। यस परियोजनाको मूल्य ६२५.३ बिलियन वन (लगभग ४८२.१ मिलियन अमेरिकी डलर) बराबरको रहेको उल्लेख छ।

यस शुरुवातसँगै दक्षिण कोरियाले सिक्सजी प्रविधिमा बाँकी विश्वलाई हराउने लक्ष्य राखेको देखिएको छ। एसियाको चौथो ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाले २०२२ मा फाइभजी प्याटेन्टको २५.९ प्रतिशत हिस्सा ओगटेको बताइएको छ जबकी सोही समयमा चीनसँग २६.८ प्रतिशत फाइभजी प्याटेन्ट छ।

दक्षिण कोरियाको सरकारले प्रतिस्पर्धाको बीचमा सिक्सजी प्याटेन्टमा ३० प्रतिशत वा बढी पुग्ने आशा गरेको उल्लेख गरिएको छ।

सिक्सजीले भर्चुअल र (वास्तविकता) रियालिटिलाई एकिकृत गर्ने एरिक्सन चाइना टेक्नोलोजी डिपार्टमेन्टका डेपुटी जनरल म्यानेजर झाङ योङटाओले बताएको जीएसएमएरिनाले उल्लेख गरेको छ। साथै सिक्सजीले होलोग्राफिक कम्युनिकेसनलाई साइन्स फिक्सनबाट बाहिर वास्तविकतामा ल्याउने योङटाओले थप बताए।

छैठौं पुस्ताको मोबाइल सञ्चार मानक ६जी, छैटौं पुस्ताको मोबाइल सञ्चार प्रविधिको रूपमा पनि चिनिन्छ। यसको मुख्य प्रबर्द्धन भनेको इन्टरनेट अफ थिंग्सको विकास हो। सिक्सजी अझै विकास चरणमा नै छ। ६जीको प्रसारण क्षमता फाइभजीको तुलनामा १०० गुणा बढी हुन सक्छ, र नेटवर्क ढिलाइ पनि मिलिसेकेन्डबाट माइक्रोसेकेन्डमा कम हुन सक्छ।

स्मरण रहोस् नेपालमा भर्खर मात्र नेपाल टेलिकमले ५जी प्रविधिको प्राविधिक परीक्षण शुरु गरेको छ।

प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ९ फाल्गुन २०७९, मंगलवार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ९ फाल्गुन २०७९, मंगलवार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ९ फाल्गुन २०७९, मंगलवार