नेकपा (एकीकृत समाजवादि) को आधिकारीक ‘कलम’ एप सार्वजनिक

Technology Khabar २१ माघ २०७९, शनिबार

नेकपा (एकीकृत समाजवादि) को आधिकारीक ‘कलम’ एप सार्वजनिक

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादि) ले आफ्नो पार्टीका गतिबिधिहरुको जानकारी दिन कलम(Kalam) एप तयार पारेको छ।

पार्टीको केन्द्रीय प्रचार विभागको अनुरोधमा पार्टीका आधिकारिक धारणा तथा पार्टी सम्बधी सम्पुर्ण जानकारी सुचना प्रविधि मार्फत व्यवस्थित गर्ने उद्देश्यले उक्त एप तयार गरिएको आईटी विभागले जानकारी दिएको छ।

नेकपा (एकीकृत समाजवादि) का अध्यक्ष माधव कुमार नेपालले शनिवार एक कार्यक्रमका बिच उक्त कलम एप सार्वजनिक गरेका छन्।

इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टरले तयार पारेको सो एपको प्रयोगले पार्टीका सम्पूर्ण सदस्य, समर्थक, शुभचिन्तक तथा पार्टीका बारेमा जान्न चाहनेहरूका लागि जानकारी प्राप्त गर्न मदत पुग्ने बताईएको छ।

सो एप भित्र पार्टीका ताजा समाचार पार्टीका बारेमा सम्पूर्ण सूचना, गतिविधि, राजनैतिक घटनाक्रम, पार्टी र यसका भातृसंगठनका साँगठनिक संरचना, लगायतका सम्पूर्ण विवरणहरु रहने जनाएको छ।

पार्टी सदस्यहरूको अभिलेख राख्ने सदस्यता प्राप्तिका लागि आवेदन दिने र नवीकरण गर्ने काम समेत यस एप्सको प्रयोगबाट गर्न सकिने उल्लेख छ।

उक्त एप हाल गुगल प्ले स्टोरमा उपलब्ध भईसकेको छ भने एप्पल एप स्टोरमा केहि समयपछि आउने बताईएको छ।

यसैबीच उक्त कलम एप तयार पार्ने इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टरका सञ्जित पौडेललाई केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष नेपालले सम्मान पत्र प्रदान गरेका थिए।

Global Bank
easy care

प्रकाशित: २१ माघ २०७९, शनिबार

ताजा समाचार