नयाँ ग्यालेक्सी एस २३ सिरिजको नेपाली बजारमा खुल्यो प्रि-अर्डर

Technology Khabar २१ माघ २०७९, शनिबार

नयाँ ग्यालेक्सी एस २३ सिरिजको नेपाली बजारमा खुल्यो प्रि-अर्डर

काठमाडौं ।

सामसङले ग्यालेक्सी एस सिरिजको, ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी एस२३ र ग्यालेक्सी एस२३ लाई २०२३ को फेब्रुअरी १ मा ग्यालेक्सीको अल्टिमेट प्रिमियम स्मार्टफोन अनुभवको नयाँ युगलाई चिनाउँदै बजारमा सार्जनिक गरेको छ।

सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामराले प्रयोगकर्ताहरूलाई उनीहरूको रचनात्मकता अन्वेषण गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्छ। जस्तै यसले परिवर्तनकारी एआईका रुपमा नाइट्रोग्राफी भिडियो खिच्न सकिन्छ।

ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मले भविष्यका लागि तयार हुने मोबाइल गेमिङ अनुभव र शक्तिशाली रूपमा दिर्घकालिन गेम प्ले उपलब्ध गराउँछ। यो सामसङको क्वालकमसँगको सहकार्यले एक्सक्लुसिभ चिपसेट इन्हान्स्मेन्टद्वारा समर्थित छ।

ग्लोबल अनावरणसँगै सामसङले नेपालमा पनि प्रि-अर्डर खुल्ला गरिएको घोषणा गरेको छ।

“नयाँ ग्यालेक्सी एस सिरिजले सामसङको अल्टिमेट प्रिमियम अनुभवलाई कसरी परिभाषित गर्छ भन्ने कुराको प्रतीक हुनेछ। सामसङले हाम्रो नयाँ ग्यालेक्सी एस२३ सिरिजको साथमा नयाँ मापदण्ड र बारहरु सेट गर्दैछ”, सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी एस२३ आफ्नो हातमा प्राप्त गर्न इच्छुक उपभोक्ताहरूले आज नै आफ्नो फोन प्रिअर्डर गर्न सक्नुहुनेछन् र साथमाअमेजिङ प्रिअर्डर अफरहरू पनि छनोट गर्न सक्नुहुनेछन्।”

कम्पनीकाअनुसार आफ्नो मनपर्ने ग्यालेक्सी एस२३ सिरिजलाई आधिकारिक प्रिअर्डर वेबसाइटमा दर्ता गरी प्रिअर्डर गर्न सक्नेछन् । अथवा तपाईंको नजिकको सामसङ फोन स्टोरहरूबाट गर्न सक्नेछन्। प्रिअर्डर अफरहरू फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुनेछन्।

एस२३ सिरिज रु.६,४०० बाट सुरु हुने मासिक शुन्य प्रतिशत ब्याज दरमा ईएमआईमा पनि उपलब्ध हुने बताईएको छ। सामसङले १ वर्षको लागि १ पटक ब्रेकेज बीमा पनि उपलब्ध गराउँदैछ।

यस्तै कम्पनीले सामसङका फोनहरुमा आफ्नो स्तरवृद्धि गर्न चाहनेहरूका लागि रु. ८,००० सम्मको विनिमय लाभहरू पनि उपलब्ध गराउने जनाएको छ।

easy care

प्रकाशित: २१ माघ २०७९, शनिबार