टेक्नो पप ७ प्रो चुपचाप लन्च गरियो

Technology Khabar १९ माघ २०७९, बिहीबार

टेक्नो पप ७ प्रो चुपचाप लन्च गरियो

काठमाडौं ।

टेक्नाले अफ्रिकी बजारहरुको लागि पप ७ प्रो नामक नयाँ फोन ल्याएको छ। नाइजेरिया र युगान्डाका खुद्रा विक्रेताहरूसँग पहिले नै उक्त फोन बिक्रीको लागि उपलब्ध भएको उल्लेख गरिएको छ। यद्यपि कम्पनीले भने उक्त फोनको आधिकारिक रूपमा घोषणा गर्न वा आफ्नै वेबसाइटमा एड गर्न बिर्सेको छ।

उक्त नयाँ पप ७ प्रो एकदमै किफायती फोन रहेको र उक्त फोनमा हेलियो ए२२ चिपसेट समावेश गरिएको छ। साथै उक्त फोन अन्य बजारहरूमा स्पार्क गो २०२३ को रूपमा पहिले नै उपलब्ध रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

त्यसैगरी उक्त नयाँ पप ७ प्रो मा ७२०पी रिजोलुसन र अग्लो २०.९ रेसियो सहितको ६.६ इन्चको एलसीडी समावेश गरिएको छ। एन्ड्रोइड १२ सहित हाईओएस १२ रहेको उक्त फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामरा र क्यूभीजीए डेफ्थ सेन्सर समावेश गरिएको बताइएको छ। साथै फोनमा सेल्फि क्यामराको रुपमा ५ मेगापिक्सेलको सेन्सर समावेश गरिएको बताइएको छ।

फोनमा ५,००० एमएएचको ब्याट्री र १० वाटको यूएसबी–सी चार्जिङ उपलब्ध भएको उल्लेख गरिएको छ। टेक्नोले पप ७ प्रो मा ६४जीबी स्टोरेज समावेश गरेको र ३जीबी वा ४जीबी र्यामको अप्सनमा उपलब्ध गराएको बताइएको छ। साथै उक्त फोनको मूल्य १४० अमेरिकी डलर पर्ने उल्लेख गरिएको छ।

easy care

प्रकाशित: १९ माघ २०७९, बिहीबार