Technology Khabar १७ माघ २०७९, मंगलवार
काठमाडौं ।
आर्थिक कठिनाइको सामना गर्दै, चिकित्सा उपकरण र इलेक्ट्रोनिक्स निर्माता फिलिप्सले ६ हजार कामदारहरूलाई हटाउने बताएको छ।
कम्पनीले ठूलो संख्यामा खराब भएका ‘स्लीप रेस्पिरेटर्स’ निद्रामा श्वासप्रश्वास मापन गर्ने यन्त्रहरू फिर्ता गरेसँगै समस्यामा परेको छ। फिलिप्सले केही महिना अघि ४,००० कामदारलाई निकालेको थियो।
कम्पनीका प्रमुख कार्यकारी रोय जेकब्सले फिलिप्सले आगामी दुई वर्षमा कर्मचारी कटौती गर्ने कठिन तर आवश्यक निर्णय लिनुपर्ने बताएका छन्। “गत वर्ष फिलिप्स र हाम्रा सरोकारवालाहरूका लागि कठिन रह्यो। हामी प्रदर्शन सुधार गर्न कदम चालिरहेका छौं,” जेकोब्सले एक विज्ञप्तिमा भने।
नेदरल्याण्ड्सको यो कम्पनीले अघिल्लो वर्षको चौथो त्रैमासिकमा १० करोड ५० लाख युरो घाटा बेहोरेको थियो। अघिल्लो वर्षको लागि कम्पनीको घाटा १.६ अर्ब डलर थियो। करिब दुई वर्षअघि, फिलिप्सले स्लीप एपनिया भएका मानिसहरूको उपचार गर्न प्रयोग हुने धेरै उपकरणहरू ‘रिकल’ गरेको थियो। यी उपकरणहरूले बिरामीको स्वास्थ्यमा नराम्रो असर पार्ने डर थियो।
गत वर्ष अक्टोबरमा फिलिप्सको जिम्मेवारी सम्हालेका जेकोब्सले कम्पनीले कार्यसम्पादनमा सुधार गर्नुका साथै कार्य अभ्यास र उत्पादकत्वमा सुधार गर्नुपर्ने बताए। फिलिप्स १३० वर्ष भन्दा बढी पहिले एक लाइटिङ्ग फर्मको रूपमा शुरू भयो। वर्षौंको अवधिमा यस कम्पनीमा ठूला परिवर्तनहरू भएका छन्। यसले आफ्नो धेरै सम्पत्तिहरू बेचेको छ र इलेक्ट्रोनिक्स स्वास्थ्य सेवा उत्पादनहरूमा ध्यान केन्द्रित गरेको छ।
पछिल्लो चरणमा कामदारहरु हटाउने विश्वभरका टेक तथा इलेक्ट्रोनिक्स कम्पनीहरुको सूचीमा फिलिप्स पनि थपिएको हो।
प्रकाशित: १७ माघ २०७९, मंगलवार