सामसङ वान यूआई ५.१ फिचरहरु सार्वजनिक

Technology Khabar १६ माघ २०७९, सोमबार

सामसङ वान यूआई ५.१ फिचरहरु सार्वजनिक

काठमाडौं ।

सामसङले आफ्नो युनिक युजर ईन्टरफेसको रुपमा वान यूआई ५.१को नविनतम भर्सन सहितको ग्यालेक्सी एस२३ सिरिजहरु आगामी बुधबार अनावरण गर्ने भएको छ।

कोरियाली टेक जायन्टको परम्परा अनुसार, सामसङ इन्टरफेसको उक्त संस्करण एन्ड्रोइड १३ मा आधारित रहनुका साथै केही नयाँ फिचरहरु पनि समावेश गरिएको बताइएको छ। उक्त आधिकारिक वन यूआई ५.१ चेन्जलग पछिल्लो केही घण्टामा अनलाइनमा देखा परेको उल्लेख गरिएको छ।

वीनफ्युचरले बताएअनुसार कम्पनीको टोलीले गरेको मुख्य प्रगतिहरूमा सुधारिएको एप्स, क्यामेरा, र अगुमेन्टेड रियालिटी फिचरका साथै नयाँ ब्याट्री–फिक्सड् विजेट समावेश गरिएको बताइएको छ।

स्पष्ट रूपमा भन्दा कम्पनीले धेरै परिवर्तन गरेको उल्लेख गरिएको छ।

वान यूआई ५.१को नयाँ फिचरहरु यस् प्रकार रहेका छन्

  • एक्सपर्ट रअ इन–क्यामेरा मोडमा छिटो पहुँच
  • सेल्फीका लागि स्किन टोन सहज तरिकाले परिवर्तन गर्ने
  • फ्यामेली फोटो र भिडियोको सेयर्ड (साझा) एल्बम
  • छायाँ (स्याडो) र प्रतिबिम्ब (रिफ्लेक्सन) हटाउनको लागि सुधारिएको स्वचालित फोटो प्रशोधन
  • फोटोमा स्वाइप गर्दा तस्बिरको बारेमा विस्तृत जानकारी भएको प्यानल खुल्ने
  • ग्यालेरी सर्च अझ राम्रो र अधिक कार्यात्मक हुने
  • स्क्रिनसटहरू स्टोर गर्नको लागि फोल्डर चयन गर्ने क्षमता भएको
  • फोटो र भिडियोमा तीन व्यक्तिका लागि एआर इमोजी क्यामेरा प्रयोग गर्न सकिने
  • एआर डुडल्सको लागि ब्रशहरु मुख्य स्क्रिनमा उपलब्ध हुने
  • नयाँ ब्याट्री विजेट
  • नयाँ वेदर विजेट
  • सञ्चालनका विभिन्न मोडहरूका लागि विभिन्न डेस्कटप वालपेपरहरू सेट गर्ने क्षमता भएको
  • स्क्रिप्टहरू सिर्जना गर्दा एडिस्नल स्क्रिप्ट
  • सेयरिङ सामसङ नोट्स
  • एल्बमहरू, नोटहरू, पात्रो, र यस्तै अन्यको लागि साझा सूचीमा प्रयोगकर्ताहरू थप्नको लागि थप सुविधाजनक इन्टरफेस
  • समासङ स्मार्टफोन र ल्यापटपहरूको लागि उन्नत प्येरिङ विकल्पहरू
  • सुधारिएको डीईएक्स मल्टिटास्किङ
  • सुधारिएको नेटिभ ब्राउजर सर्च
  • फास्टर इनिसियल स्मार्टफोन सेटअप
  • बिक्सबी टेक्स्ट कलहरू
easy care

प्रकाशित: १६ माघ २०७९, सोमबार