विद्यालयलाई स्मार्ट बोर्ड सहयोग

Technology Khabar ११ माघ २०७९, बुधबार

विद्यालयलाई स्मार्ट बोर्ड सहयोग
सांकेतिक तस्विर

काठमाडौं ।

सर्लाहीको ईश्वरपुर नगरपालिका-११, करमोहानमा रहेको जनता आधारभूत विद्यालयलाई मङ्गलबार बार थान स्मार्ट बोर्ड प्रदान गरिएको छ।

ग्रामीण नारी उत्थान सक्य हरिपुरले सेभ दि चिल्डेनसँग समन्वय गरी सञ्चालन गरिरहेको समुन्नति परियोजनाअन्तर्गत विद्यालयमा प्रविधिमैत्री सिकाइका लागि स्मार्ट बोर्ड प्रदान गरिएको हो।

विद्यालयलाई १२ लाख ८ हजार दुई सय रुपियाँबराबरको स्मार्ट बोर्ड प्रदान गरिएको संस्थाले जनाएको छ।

संस्थाले ईश्वरपुर नगरपालिकाभित्र प्रविधिमैत्री सिकाइका लागि यसरी प्रविधि हस्तान्तरण गरेको पहिलो पटक हो। यसअधि हरिपुर नगरपालिकामा भने बितायनस्थित आधार भूत विद्यालयलाई पहिलो पटक स्मार्ट बोर्डसहित अन्य सामग्री हस्तान्तरण गरेर प्रविधिमैत्री कक्षा सञ्चालन गरिएको छ।

ग्रामीण नारी उत्थान सक्यले सेभ द चिल्ड्रेनसँग समन्वय गरी ईश्वरपुर र हरिपुर नगरपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको संस्थाको अध्यक्ष गोमादेबी न्यौपानेले जानकारी दिईन्।

प्रकाशित: ११ माघ २०७९, बुधबार