अन्तर्राष्ट्रिय लन्च अघि मोटो जी५३ को लाइभ तस्विरहरु देखा पर्यो

Technology Khabar ११ माघ २०७९, बुधबार

अन्तर्राष्ट्रिय लन्च अघि मोटो जी५३ को लाइभ तस्विरहरु देखा पर्यो

काठमाडौं ।

गत डिसेम्बरमा चीनमा स्न्यापड्रागन ४८० प्लस चिपसेट र दुई ओटा क्यामरा समावेश गरी मोटो जी५३ लन्च गरिएको थियो। आज उक्त डिभाइस स्पष्ट रूपमा विदेशी बजारको लागि भनी प्याकेजिङमा देखा परेको हुनाले अब उक्त नयाँ मिडरेन्ज फोन चाँडै नै विश्वव्यापी रुपमा अनावरण हुने सम्भावना रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

मोडल नम्बर एक्सटी२३३५-२ भएको जी५३ निलो रङ्गको ब्याक र ४/१२८ जीबी मेमोरी सहित लाइभ फोटोहरूमा देखा परेको उल्लेख गरिएको छ। साथै सोही प्रकारको भर्सन युरोपेली बजारको लागि भनेर तयार पारियको उल्लेख गरिएको छ। उक्त युरोपेली संस्करणमा डुअल-सिम क्षमताहरू र एक ईसिम स्लटको रहेको र ति फिचरहरु मोटोरोला जी स्मार्टफोनमा पहिलो पटक समावेश गरिएको हुन सक्ने  उल्लेख गरिएको छ।

त्यसैगरी मोटोरोलाको मोटो जी५३ स्मार्टफोनमा चिनियाँ संस्करणको जस्तै ५० मेगापिक्सेलको मुख्य क्यामरा र १० वाटको चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएचको ब्याट्री समावेश गरिने अपेक्षा गरिएको छ। साथै अन्य स्पेक्सहरूको रुपमा उक्त फोनमा ७२०पी रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट प्रदान गर्ने ६.५ इन्चको एलसीडीका साथै पावर कीमा फिंगरप्रिन्ट स्क्यानर इम्बेड गरिएको र यूएसबी-सी समावेश गरिएको उल्लेख गरिएको छ।

साथै उक्त ग्लोबल संस्करणमा एनएफसीको समावेश, ४/१२८ जीबी बाहेकको मेमोरी अप्सन, एन्ड्रोइड १३ र मूल्यको बारेमा अन्योलता रहेको उल्लेख गरिएको छ। चिनियाँ संस्करणका फिचरहरूलाई ग्लोबल संस्करणमा समावेश गर्ने वा नगर्ने भन्ने बारे धेरै प्रश्नहरू रहेको थप उल्लेख गरिएको छ।

हाल मोटोरोलाले ८/१२८ जीबी संस्करणलाई (१५० युरो) १०९९ युवानमा विक्रि गरिरहेको उल्लेख गरिएको छ।

प्रकाशित: ११ माघ २०७९, बुधबार