सामसङ टिभी प्लस स्ट्रिमिङ एप अन्य टिभीहरुमा पनि चाँडै उपलब्ध गराइने

Technology Khabar ११ माघ २०७९, बुधबार

सामसङ टिभी प्लस स्ट्रिमिङ एप अन्य टिभीहरुमा पनि चाँडै उपलब्ध गराइने

काठमाडौं ।

सामसङ टिभीहरूको माझमा लोकप्रिय रहेको सामसङ टिभी प्लसलाई सबैभन्दा लोकप्रिय स्ट्रिमिङ एप्लीकेसन मध्ये एक मानिदै आइएको छ। उक्त स्ट्रिमिङ एप्लीकेसनले प्रयोगकर्ताहरूलाई एउटै एप मार्फत सय भन्दा बढि च्यानलहरु निःशुल्क उपलब्ध गराउछन्। यद्यपि उक्त एप भने केवल सामसङ टिभीको प्रयोगकर्ताहरूलाई मात्र लक्षित गरि बनाइएको थियो। अब भने उक्त एप चाँडै नै अन्य निर्माताहरूको टिभीहरुमा पनि उपलब्ध हुन सक्ने भन्ने जानकारी इन्टरनेट मार्फत बाहिरिएको छ। उक्त खबर साँचो भएको खण्डमा भने अब देखि अन्य स्मार्ट टिभी प्रयोगकर्ताहरूले पनि आफ्नो स्मार्ट टिभीहरूमा सामसङ टिभी प्लस र यसका सेवाहरूमा सजिलैसंग पहुँच पाउन सक्ने छन् भनी उल्लेख गरिएको छ।

कम्पनीले सामसङ टिभी प्लस स्ट्रिमिङ एप्लीकेसन सन् २०१५ मा लन्च गरेको थियो। नयाँ सामसङ टिभीहरूमा आउने उक्त एप एक निःशुल्क, विज्ञापन–समर्थित स्ट्रिमिङ ९फास्ट० सेवा छन्। अन्य सामान्य टिभी सेवाहरुले जस्तै सामसङको उक्त सेवाले पनि प्रयोगकर्ताहरूलाई च्यानलहरूको चयन ब्राउजीङ उपलब्ध गराउने उल्लेख गरिएको छ। त्यसैगरी सामसङ टिभी प्लसले टप गियर, ल एण्ड अर्डरः स्पेसल भिक्टीम्स युनिट, एनसीआईएस र शिकागो फायर ईन अगस्ट जस्ता लोकप्रिय शोहरू थप गरी आफ्नो निःशुल्क एप मार्फत कन्टेन्टहरुका प्रभावशाली लाइनअप प्रदान गर्ने गरेको बताइएको छ।

सामसङद्वारा सिर्जना गरिएका राइड अर ड्राइभ र द मूभी हब जस्ता च्यानलहरूका अतिरिक्त उक्त सेवा मार्फत क्षेत्रीय र राष्ट्रिय समाचार च्यानलहरूको पनि चयन गर्न सकिने सेवामा समावेश गरिएको बताइएको छ। सामसङ टिभी प्लसको संयुक्त राज्य अमेरिकामा रहेका २२० स्टेशनहरू मार्फत टिभी प्लसले हाल २४ राष्ट्रहरूमा फैलिएर लगभग १६ सय च्यानलहरू उपलब्ध गराई रहेको छ। साथै कम्पनीले अहिले अन्य निर्माताहरूलाई टिभीसँगै आफ्नो सेवाहरू पनि बेच्नको लागि भनेर इजाजतपत्र दिने वा नदिने भन्ने विषयमा बहस गरिरहेको उल्लेख गरिएको छ। यद्यपि, यस विषयमा भने हाल कुनै पनि ठोस निर्णय भईनसकेको र आगामी दिनहरूमा पनि उक्त विषयको सम्भवनालाई लिएर अन्यौलता छ।

टीसीएल, एलजी र भिजीयो जस्ता अन्य टिभी मेकर्सहरुसंग पनि आफ्नै निःशुल्क स्ट्रिमिङ सेवाहरु भएको बताइएको छ।त्यसैगरी सामसङले पनि आफ्नो टिभी प्लस सेवालाई फ्री–फ्लोटिंग सफ्टवेयर बनाउन चाहेतापनि अन्य निर्माताहरूले भने आफ्नो टिभीहरूमा उक्त एप समावेश गर्ने वा नगर्ने भन्ने बारे स्पष्टता नभएको उल्लेख गरिएको छ। समासङ टिभी प्लस उपलब्ध भएको खण्डमा अन्य टिभी मेकरहरुले उक्त एप प्रयोग गर्ने वा आफ्नै स्ट्रिमिङ सेवाहरू जारी राख्ने भनी हेर्न रोचक रहने उल्लेख गरिएको छ।

प्रकाशित: ११ माघ २०७९, बुधबार