Technology Khabar १० माघ २०७९, मंगलवार
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का पदाधिकारीले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग भेट गरेर इन्टरनेट सेवाको योगदान र समस्याहरु बारे जानकारी गराएको छ।
आइस्पानका अध्यक्ष सुधिर पराजुलीको नेतृत्वमा गएको टोलीले सञ्चारमन्त्री शर्मालाई बधाई ज्ञापन गर्दै इन्टरनेट र यस क्षेत्रले राष्ट्रलाई पुर्याएको योगदान र यस क्षेत्रमा भएका चुनौतीका बारे जानकारी सहितको छलफल गरेको छ।
उक्त छलफलमा सेवा प्रदायकहरुले इन्टरनेट सेवा प्रदायकहरुको वर्तमान अवस्था र भोगीरहेका समस्याहरु बारेमा समेत कुरा राखेको आइस्पानका सीईओ सुवाष खड्काले जानकारी दिए।
उक्त भेटघाटमा मन्त्री शर्माले इन्टरनेट सेवाको बारेमा चासो राख्दै समस्याहरु समाधानमा थप छलफल गरिनुपर्ने बताएकि थिईन्।
उक्त भेटघाटमा अध्यक्ष पराजुलीका साथमा पुष्कर बडाल, बिनय मोहन साउद, सुदिप आचार्य, मनोज अग्रवाल र सीईओ सुभाष खड्का सहभागी थिए।
प्रकाशित: १० माघ २०७९, मंगलवार